शनिबार, चैत्र ७, २०८२

राप्तीमा माघ १६ देखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने

सिसहनियाँ २२ पुस । दाङको राप्ती गाउँपालिकामा माघ १६ गतेदेखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ ।

सोमबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको पालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको बैठकले उक्त निर्णय गरेको शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिनुभयो ।

राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा वडा नम्बर ४ मा रहेको माध्यमिक विद्यालय मौरीघाटको आयोजनामा उक्त खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रतियोगिता माघ १६ गतेदेखि १८ गतेसम्म तीन दिन सञ्चालन हुनेछ ।

गत वर्षको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको विजेता विद्यालयले नै यस वर्षको खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णयअनुसार यस वर्ष सो विद्यालयले खेलकुद प्रतियोगिताको आयोजना गर्न लागेको शिक्षा शाखाकी प्राविधिक सहायक देवी मल्लले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation