शनिबार, चैत्र ७, २०८२

नेपालगन्जमा एबिसी संचारको कुनैपनि कर्मचारी नरहेको र दुरुपयोग गर्नेलाई प्रहरीले खोज्दै

बाँके । हाम्रो यस लोकप्रिय सञ्चारमाध्यम एबिसी सञ्चार डटकम अनलाइन भन्डाफोर टिमकाे नाममा केही व्यक्तिहरुले बाँकेको नेपालगञ्ज क्षेत्रमा आफूलाई एबिसी सञ्चारकाे (रिपोर्टर) र (क्यामरामेन) भनेर नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी प्रशासन वा अन्य निकायलाई असहज पारेको एबिसी संचार मिडिया हाउसलाई सूचना प्राप्त हुन आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।

तथापि त्यस्ता व्यक्तिहरुले मिडियाको चरम दुरुपयोग गरेको अन्य कुनैपनि क्रियाकलाप गरेको पाएमा हाम्रो एबिसी सञ्चारकाे आधिकारिक व्यक्ति अथवा सिधै कार्यालयको सम्पर्कमा रहेर गर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना जारी गरेका छौँ ।

साथै प्रहरी प्रशासनलाई एबिसी संचारको प्रेस कार्ड नभएको ब्याक्तीहरुले दुरुपयोग गरेको पाएको खण्डमा नियन्त्रणमा लिएर कार्वाही अगाडी बढाउन बाँकेका प्रहरी प्रमुखहरुलाई समेत जानकारी गरेको एबिसी संचार ड्ट्कमले सबैलाई अनुरोध गरेको छ ।

अनुरोधक :
मोबाइल : ९८६४७१८६१५
एबिसी सञ्चार डटकम अनलाइन भन्डाफोर टिम लुम्बिनी प्रदेश भालुवाङ दाङ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation