बुधबार, कार्तिक २०, २०८२

नेकपा माओवादी केन्द्र राप्तीको तेस्रो अधिवेशन फागुन १ गते हुने

भालुबाङ ३० माघ । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिकाको तेस्रो अधिवेशन आगामी फागुन १ गते अर्थात भाेली हुने भएको छ ।

राप्ती गाउँपालिका-२, लालमटियास्थित महिला भवनकाे सभाहलमा बिहान ८ बजेबाट सुरु हुने अधिवेशनको उद्घाटन नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले गर्नु हुने भएको छ ।

पार्टी केन्द्रको सर्कुलरअनुसार ९ वटै वडामा अधिवेशन सम्पन्न गरी जनयुद्ध दिवसको अवसर पारेर पालिका अधिवेशन गर्न लागिएको पार्टीका गाउँ कमिटी अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।

४५ सदस्यीय गाउँ कमिटी चयनका लागि ४६ जना आयोजना समिति र १०४ जना प्रतिनिधि रहनेछन् । अधिवेशनमा सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

अधिवेशनमा गाउँपालिकाका ९ वटै वडाबाट पार्टी सदस्य तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने गाउँ कमिटीका सचिव वसन्त नेपालीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation