बुधबार, कार्तिक २०, २०८२

विवादित मोटर बाटोको स्थलगत अवलोकन

भालुबाङ ३० माघ । दाङको राप्ती गाउँपालिका–१ शान्तपुर र अर्घाखाँचीको सितगङ्गा नगरपालिका–८ बेलौते बडीदमार जोड्ने मोटर बाटोको विवाद समाधानका लागि मंगलबार स्थलगत अवलोकन गरिएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट लगायतको टोलीले उक्त बाटोको अनुगमन गरेको हो ।

राप्ती नदीमा पक्की पुल निर्माण भएसँगै केही व्यक्तिहरूको जग्गा बाटोमा पर्ने भन्दै विवाद उत्पन्न हुँदै आएको छ ।

अनुगमनपछि प्रमुख जिल्ला अधिकारी लम्सालले अन्य वैकल्पिक बाटोको व्यवस्था नभएसम्म हाल सञ्चालनमा रहेको बाटोलाई निरन्तरता दिन आग्रह गर्नुभयो । साथै, उहाँले बाटो र जग्गाको अवस्थाबारे एकीन गर्न नापीका कर्मचारी खटाइने बताउनुभयो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले हाल सञ्चालनमा रहेको बाटोका कारण जग्गाधनीहरूलाई मर्का पर्ने अवस्थामा वैकल्पिक बाटो निर्माणका लागि पहल गर्ने बताउनुभयो ।

यसअघि पनि जनप्रतिनिधि र स्थानीयवासीहरूको उपस्थितिमा उक्त विषयमा छलफल भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation