देउखुरी ६ फागुन । ७४औं प्रजातन्त्र दिवका अवसरमा नेपाल विद्यार्थी संघ राप्तीले कलेज स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरेको छ ।
श्री मा. बि. मौरिघाटमा भएको प्रतियोगितामा श्री मा बि मौरिघाटमा प्रथम भएको हो । प्रतियोगितामा प्रथम हुने क्याम्पसले ५,००० रुपैयासहित प्रमाणपत्र जितेको छ ।
त्यसैगरी प्रतियोगितामा श्री सर्वोदय मा. बि. सिसहनिया द्वितीय र श्री आर्दश नमुना मा.बि. लालमटिया तृतीय हुन सफल भएका छन । द्वितीय हुने कलेजले ४,००० रुपैयाँ र तृतीय हुनेले ३,००० पुरस्कार प्राप्त गरेको नेपाल विद्यार्थी संघ राप्तीका संयोजक खुम बहादुर चौधरीले जानकारी दिएका छन् ।
प्रतियोगितामा समसामयिक विषयबस्तु, राजनीति, भूगोल, बिज्ञान, बाताबरण लगायतका विभिन्न विषयहरुमा प्रश्न सोधिएको थियो।
प्रतियोगितामा राप्ती गाउँ पालिकाका ५ वटा कलेजहरुले सहभागिता रहेको थियो ।
नेपाल विद्यार्थी संघ राप्तीका संयोजक खुम बहादुर चौधरीको अध्यक्षता तथा नेपाली काँग्रेस महाधिवेशन सदस्य बिलोचन चौधरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने मा बि मौरिघाटका शिक्षक बासुदेव रिजालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल बिध्यार्थी संघ दाङ जिल्ला सदस्य दिपेश डि.शीले गरेका थिए ।











