राजापुर । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड ले राजापुर नगरपालिका वडा न. १ सोनपुरमा १ दिने वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा स्वाभिमान लघुवित्त वित्तीय संस्थामा आवद्ध भएका ३६ जनालाई समावेश गरिएको सोनपुर शाखाका प्रमुख काली बहादुर बस्नेतले बताउनु भयो ।
राजापुर नगरपालिका वडा न. १ का सदस्य एंव प्रमुख अतिथि तिलक बहादुर बडुवालले सबै सहभागी हरुले आगामी दिनमा कसरी व्यवस्थित तरिकाले बित्तिय कारोबार गर्ने भन्ने बारे राम्रो संग बुझ्न सहभागी सबैलाई सुझाव दिनु भयो ।
वडा न. १ का निर्वतमान सदस्य एंव विशिष्ट अतिथि चल्तु राम चौधरी थारुले वित्तिय सस्थाबाट ऋण लिदा बुझेर मात्र लिनु पर्ने बताउनु भयो ।
स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका अनुगमन अधिकृत राम सुनेश चौधरी ले सहजीकरण गर्दै वित्तिय साक्षरताका बिभिन्न पहलुमा छलफल चलाउनु भएको थियो ।
पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर तिर्नु पर्दैैन भन्ने खालको बजारहल्ला फैलाइएको अवस्थामा साक्षरता कार्यक्रममा सिकाइएका कुराहरु उपयोगी भएको सहभागीहरुले बताए ।
स्वाभिमान लघुवित्त वित्तीय संस्था बाट ऋण लिइ समयमै चुकाउने असल ऋणि एंव बचतकर्ताको रुपमा साहनी थारुलाई सम्मान गरिएकोे थियो भने असल केन्द्रको रुपमा प्रथम हुने जनकनगर क स्वाभिमान महिला समाज केन्द्र, दोस्रो हुने चैनपुर स्वाभिमान महिला समाज केन्द्र र तेस्रो हुने सोनपुर ख स्वाभिमान महिला समाज केन्द्र लाई पनि सम्मान गरिएको थियो ।
सो अवसरमा खाता शाखाका प्रमुख धुर्व राज पुन मगरलगायतको उपस्तिथी थियो ।
स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लुम्बिनी प्रदेशमा ३६ वटा शाखा बाट सेवा दिदै आएको छ ।











