बुधबार, कार्तिक २०, २०८२

जन्मदिनमा गाउँपालिका अध्यक्षद्वारा आँपको बिरुवा रोपण

भालुबाङ १३ फागुन । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले आँपको बिरुवा रोपेर आफ्नो ४३औं जन्मदिन मनाउनु भएको छ ।

गाउँपालिका परिसरमा मंगलबार विष्टले स्थानीय नर्सरीबाट ल्याइएको आँपको बिरुवा रोपेर जन्मदिन मनाउनु भएको हो ।

अध्यक्ष विष्टले जनप्रतिनिधि तथा गाउँपालिकाका राष्ट्र सेवक कर्मचारीहरूले जन्मदिनलाई परम्परागत उत्सवभन्दा फरक तरिकाले मनाउने निर्णय गरेको बताउनुभयो ।

उहाँले बिरुवा रोप्ने यो अभ्यासले वातावरण संरक्षणमा योगदान पुर्‍याउने र भविष्यमा आफ्नै आँगनमा ताजा फलफूल उत्पादन गर्न मद्दत गर्ने अपेक्षा गरेको उल्लेख गर्नुभयो ।

“यदि हरेक घरले आफ्नो जन्मदिनको अवसरमा फलफूलका बिरुवा रोपे, बाहिरी बजारबाट फलफूल किन्ने आवश्यकता न्यून हुनेछ,” अध्यक्ष विष्टले भन्नुभयो ।

अध्यक्ष विष्ट विसं २०३८ साल फागुन १३ गते प्यूठानमा जन्मनु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation