देउखुरी १९ फागुन । देउखुरी ग्रिल, स्टिल तथा आल्मुनियम व्यवसायीहरुकोे प्रथम भेला राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा सोमबार सम्मन्न भएको छ ।
व्यवसायीहरुको प्रथम भेलाले नारायण पौडेललाई अध्यक्षमा चयन गरेको छ । भेलाले पौडेलको अध्यक्षतामा २ जना सदस्य पछि मनोेनित गर्ने गरी १३ सदस्य कार्यसमिति चयन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा निम बहादुर चौधरी, उपाध्यक्षमा नारायण पोखे्रल र लिलाधर आचार्य, सचिवमा ध्रुव न्यौपाने, कोषाध्यक्षमा झगिन्द्र भण्डारी, सह सचिवमा टोपराप पुन मगरलाई चयन गरेको निर्वाचन समिति संयोजक तिर्थ सुवेदीले जानकारी दिए ।
त्यसैगरी सदस्यहरुमा बिर बहादुर सुनार, शंखर चौधरी, राम प्रसाद खनाल, सन्जय चौधरी, गया प्रसाद चौधरी र करण चौधरी चयन भएका छन् । सर्वसम्मत चयन भएका कार्यसमितिलाई निर्वाचन समिति सदस्य बासुदेव न्यौपानेले सपथ खुवाएका थिए ।
प्रथम भेला नारायण पौडेलको अध्यक्षता तथा ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष ओम वलीको प्रमुख आतिथ्यतामा सम्मन्न भएको थियो । सिसहनीया उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद अधिकारी, ग्रिल तथा स्टिल व्यवसायी संघ दाङका अध्यक्ष दिपक केसी, लुम्बिनी प्रदेश सदस्य हेमन्त बस्नेत लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
ग्रिल तथा स्टिल व्यवसायी संघ दाङका उपाध्यक्ष तिर्थ सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको सहजिकरण राप्ती उद्योग वाणिज्य संघका महासचिव बासुदेव न्यौपानेले गरेका थिए ।











