बुधबार, कार्तिक २०, २०८२

लुम्बिनी प्रदेशको इतिहासमै पहिलाे पटक राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

देउखुरी २८ फागुन । लुम्बिनी प्रदेशको इतिहास मै पहिलाे पटक राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न लुम्बिनी प्रदेशकाे राजधानीस्थल राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएकाे छ ।

‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ उपमा सञ्चार प्रा.लि. र तेज नेपाल मल्टीमिडिया प्रा.लिको संयुक्त आयोजनामा “लुम्बिनी राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८१” सभ्य भव्य रुपमा सम्पन्न भएको हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले घर्तीमगरले मौलिक कला तथा संस्कृति संरक्षणको आवश्यकता औंल्याउनु भयो । उहाँले स्थानीय कला र संस्कृतिमा नै मौलिक पहिचान रहेको उल्लेख गर्दै, हाल ती लोप हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्नुभयो। सभामुख घर्तीले स्थानीय समुदायको आर्थिक उपार्जनका लागि मौलिक कला तथा संस्कृतिलाई पर्यटन सँग जोड्न आवश्यक रहेको बताउनुभयाे ।

उपमा सञ्चार प्रालिका अध्यक्ष आशा गौतमको अध्यक्षता एवम् लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरकाे प्रमुख आतिथ्यता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएकाे छ । साे अवसरमा बाेल्दै कार्यक्रमका विशिष्ट राप्ती गाउँपालिका अध्यक्ष बिष्टले स्थानीय कला र प्रतिभालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेकाे छ । उहाँले कला र संस्कृति मुलुककाे पहिचान भएकाेले यसकाे संरक्षण तथा सम्वद्धन गर्न तर्फकाे ध्यान दिनुपर्ने बताउनुभयाे ।

कार्यक्रममा अग्रज पत्रकार राधेश्याम गुप्ता (नयाँ युगबोध राष्ट्रिय दैनिक) सहित विभिन्न साहित्यकार, कलाकार तथा श्रष्टाहरूलाई सम्मान प्रदान गरिएको थियो ।

अवार्ड बिजेताहरुमा भाषाभाषी गीत बिधा तर्फबाट सर्वोत्कृष्ट गीतकार सोब्राटी मन्सुरी, मौलिक सालैजो गीत बिधा तर्फ सर्वोत्कृष्ट गायन पार्वती रोकाया, चाडपर्व गीत विधा तर्फ सर्वोत्कृष्ट गायन दिपक वली, सर्वोत्कृष्ट मोडल उमा गिरी, सर्वोत्कृष्ट मोडल गगनशिला सुनार लोकदोहोरी गीत सर्वोत्कृष्ट गायक विजय सुनाम, सर्वोकृष्ट मोडल तर्फ प्रकाश गौतम, रिजन वस्याल, रक क्षेत्री, सर्वोत्कृष्ट नव गायक संगम राजु वि सि, सर्वोत्कृष्ट नव मोडल विविका भुषाल, लेनिया विक, पञ्चेबाजा गीत तर्फ सर्वोत्कृष्ट मोडल नारायण वि पि परियार, मौलिक झ्याउरे गीत तर्फ सर्वोत्कृष्ट गायन जितन भाई श्रीष, सर्वोत्कृष्ट निर्माता उमा गिरी सर्वोत्कृष्ट कोरियोग्राफर महेश रामुदामु, आधुनिक गीतको सर्वोत्कृष्ट गीतकार विजय खडका गगन, सर्वोत्कृष्ट नव गायन अनु डिसी, अशोक पाण्डे गजल तर्फ सर्वोत्कृष्ट संगीतकार सन्तोष कुमार रजौरे प्रतियोगी कलाकार तर्फ सपना रोका, प्रत्यक्ष दोहोरी तर्फ हरिकला सुनार, सर्वोत्कृष्ट वाध्यवादन तर्फ भुवन बराल, छोटो चलचित्र विधामार्फत बद्री शाह, सिरियल विधाबाट रमेश अधिकारी, शोभा कुवंर लगायत अवार्डित हुनु भएकाे थियाे ।

कार्यक्रमको सह-प्रायोजनमा काठमाडौ पोड्वे, सुटमाला, एसिया प्यासिफिक स्कुल कलेज, एनएस अटोमोबाईल्स त्यस्तै सहयोगी संस्थाहरुमा राप्ती गाँउपलिका दाङ, होटेल हरियाली दाङ, उमा फिल्मस, सुटहब, श्रुति संगीत विधालय, ओजस्वी मल्टिमिडिया लगायतका संस्थाहरु रहेका थिए ।

तेज नेपाल मल्टिमिडियाका अध्यक्ष सुमनकुमार श्रेष्ठको स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चाैधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारी, पत्रकार राधेश्याम गुप्ता, सन्तोषकुमार गुप्ता र राष्ट्रिय थारु कलाकार मञ्चका अध्यक्ष राजेन्द्र चौधरी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन उपमा सञ्चारका सचिव अनिल सुनामले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation