बुधबार, कार्तिक २०, २०८२

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्न खोज्नेलाई कारवाही गर्न कार्यपालिका सदस्य हलिमको माग

भालुवाङ ३ चैत । लोक तथा दोहोरी गायक अलिफ खानले सामाजिक सञ्जालको दुरुपयोग गरि निराधार र अपमानजनक आरोप लगाएको भन्दै प्युठानको सरुमारानी गाउँपालिका गाउँ कार्यपालिका सदस्य मोहम्मद हलिमले ती आरोपको खण्डन गरेका छन् ।

शनिबार अलिफ खानले फेसबुकमा आफ्नो नाम खुलाएर व्यक्तिगत आक्षेप लगाउने, चरित्र हत्या गर्ने, र राजनीतिक रूपमा बदनाम गर्ने प्रयास गरेको भन्दै हलिमले आपत्ती जनाए। गायक अलिफ खानले हलिमलाई पार्टीको पावर देखाउने धम्की दिने, नैतिक रूपमा गिरेको व्यक्ति भन्दै सामाजिक सञ्जालमै ‘चिन्ने मानिसले मलाई सम्पर्क गर्नु’ भन्ने अपमानजनक पोस्ट लेखेका थिए ।

सरुमारानी गाउँपालिका–४ बडडाँडा प्युठान निवासी मोहम्मद हलिमले आइतवार पत्रकार सम्मेलन गर्दै अलिफ खानको भनाई पूर्ण रूपमा झूटो, आधारहीन र मानहानी गर्ने नियतले गरिएको आरोप लगाए ।

टिकटकमा सामान्य टिप्पणी गरेकै कारण अलिफ खानले आफु माथि अनावश्यक आरोप लगाएर बदनाम गर्ने कोशिश गरेको हलिमले बताए । “मैले सामाजिक सञ्जालमा कुनै अपशब्द प्रयोग गरेको छैन। न त कसैलाई धम्की दिएको छु। तर, अलिफ खानले मेरो नाम खुलाएर सार्वजनिक रूपमा चरित्र हत्या गर्ने प्रयास गरे। यसले मेरो व्यक्तिगत इज्जत, सामाजिक प्रतिष्ठा र नैतिकतामै आँच पुर्याएको छ,“ – हलिमले भने ।

उनले सामाजिक सञ्जालको दुरुपयोग गरेर गरिएका यस्ता भ्रमपूर्ण प्रचार विरुद्ध कडा कानुनी कारबाही गर्न माग गरेका छन् । साथै, उनले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सम्बन्धित निकायसमक्ष अपिल गरेका छन् । राप्ती प्रेस मञ्चका अध्यक्ष अर्नुन कुमार अधिकारीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation