बुधबार, कार्तिक २०, २०८२

राप्ती ४ का वडा अध्यक्ष चौधरीको पहलमा वर्षाै पुरानो जिर्ण कल्भर्ट बन्दै

दाङ ४ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिरबहादुर चौधरीले वर्षाै पुरानो जिर्ण कल्भर्ट बनाउन सुरू गरेका छन् ।

श्रीनारायण चोक मौरीघाट देखि भानपुर जोड्ने सडक खण्डमा पर्ने बड्का बहिमा करिव ४० वर्ष पुरानो जिर्ण कल्भर्ट बनाउन वडा अध्यक्ष सफल भएका हुन् ।

दक्षिण तर्फ पुर्व मन्त्री भरतमणी शर्मा घिमिरे र उत्तर तर्फ केही जनताको जग्गा र ऐेलानी जग्गाबाट बगेको ठूलो बहिमा बनेको सो कल्भर्टलाई नक्सा अनुसार सार्न नसकिरहेका बेला वडा अध्यक्ष चौधरीले निर्वाचनका बेला बोलेको कुरालाई पूरा गर्न उनले प्रदेश र पालिकाबाट बजेट माग गरि सवैको सहमति गराएर बहिलाई साविकको ठाउँबाट नक्सा अनुसार ८ मिटर दक्षिण सारेर नयाँ बक्स कल्भर्ट बनाउने योजना पूरा भएको बताए ।

बिरबहादुर चाैधरी- वडा अध्यक्ष राप्ती गा.पा. ४, दाङ

लुम्बिनी प्रदेश सरकारको ससत्र अनुदानबाट १५ लाख र राप्ती गाउँपालिकाको ७ लाख ८३ हजार २ सय ५७ गरि कुल २२ लाख ८३ हजार २ सय ५७ रूपैयाँको लागतमा भद्राक्षी निर्माण सेवा प्रालि राप्ती–४ मौरीघाटले बक्स कल्भर्ट निर्माणको काम सुरू गरेको राप्ती गाउँपालिकाका इन्जिनियर अशोक बेल्वासेले जानकारी दिएका छन् ।

८ मिटर लम्बाई, ६ मिटर चौडाई रहने गरि निर्माण हुन थालेको सो कल्भर्ट निर्माणको सम्झौता २०८१ माघ ८ गते भएको थियो भने २०८२ असार २० गते भित्र सम्पन्न गरिसक्ने इन्जिनियर बेल्वासेले बताए ।

५०औं बिघा जग्गाबाट बग्ने सो बहिमा वर्षायाममा ठुलो पानी आउँदा कल्भर्टबाट पानी पास नभई डुवान हुने रआवातजावतमा समेत बाधा पुग्ने गरेको थियोे । पटक पटकको बाढीले सो कल्भर्ट भाँसिएर जिर्ण अवस्थामा रहेको थियो ।

नयाँ कल्भर्ट बन्न थाले सँगै स्थानीयहरू समेत खुसी भएका छन् । कल्भर्ट जिर्ण हुँदा स्कुल बस, अन्य सवारी साधानलाई आवातजावत तथा वर्षायाममा सर्वसाधारणलाई जोखिम मोलेर आवातजावत गर्नुपर्ने अवस्था थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation