मङ्लबार, कार्तिक १९, २०८२

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा गढ‌वा बजार अनुगमन, २० हजार जरिवाना

गढवा ७ चैत । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले बुधबार दाङ देउखुरीको गढवा बजारमा छट्के अनुगमन गरेको छ ।

अनुगमनको क्रममा गढुवा बजारमा रहेका किराना पसल, दूध डेरी तथा बेकरी उद्योग, त्यसैगरी होटल, मासु पसल, पुस्तक पसल लगायतका विभिन्न ठाउँहरूमा छट्के अनुगमन गरी चेकजाँच गरिएको हो ।

अनुगमनमा खाद्यवस्तुको उपभोगको म्याद, व्यवसाय दर्ता, मूल्यसूची,सफाई भए नभएको, बोर्डमा पान नम्बर भए नभएको हेरिएको छ । गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले छड्के अनुगमन थालेको कार्यालयका प्रमुख हरिबहादुर खत्रीले जानकारी दिनुभयो । यसभन्दा पहिले दाङ देउखुरीको राजपुर गाउँपालिका को विभिन्न स्थानमा कार्यालयले छट्के अनुगमन गरिसकेको छ ।

अनुगमनको क्रममा गढवाको एक व्यापारीलाई २० हजारको जरिवाना समेत गरिएको छ । भने अन्य व्यापारीहरूलाई पहिलोपटक भने सम्झाई बुझाई गरी छाडिएको छ । अनुगमनका क्रममा खाद्य वस्तुमा वास्तविक लेबल नभएको, लेबल स्पष्ट नभएको, नेपालमा प्रतिबन्ध भएका खाद्य पदार्थको बिक्री वितरण गरिरहेको, लगायतका खाद्य पदार्थ भेटिएको र ती सबै खाद्य पदार्थ जफत गरिएको कार्यालय प्रमुख खत्रीले जानकारी दिनुभयो ।

अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोग संरक्षण कार्यालय नेपालगञ्जका लेखापाल नरेन्द्र विक, सुब्बा सुशीला चलाउने, खरिदार सुशील पौडेल, गढवा गाउँपालिका संघसंस्था शाखाका सुरेश पौडेल, त्यसैगरी गढवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओम प्रकाश बस्याल, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रतिनिधि, गढवा गाउँपालिकाका नगरप्रहरी, पत्रकार, लगायतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation