मङ्लबार, कार्तिक १९, २०८२

राप्तीका अध्यक्ष विष्टको पहलमा विपन्न विद्यार्थीलाई दुई लाख बढी सहयोग

सिसहनियाँ ९ चैत । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टको पहलमा विपन्न विद्यार्थीलाई २ लाख १६ हजार २ सय रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले गाउँपालिकाका तीन विद्यालयका कक्षा ८ र १० मा अध्ययनरत ५८ जना विपन्न विद्यार्थीले अतिरिक्त कक्षा पढ्ने क्रममा तिर्नुपर्ने शुल्कका लागि यो सहयोग उपलब्ध गराएको हो ।

संस्थाले वडा नम्बर ३ स्थित दुर्गा भवानी आधारभूत विद्यालय मसुरियाका १०, वडा नम्बर ५ स्थित सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँका २२ र जनता माध्यमिक विद्यालय करङ्गेकोटका २६ जना विद्यार्थी गरी जम्मा ५८ जनाका लागि यो सहयोग गरेको हो ।

पालिकाका अध्यक्ष प्रकाश विष्टको रोहबरमा संस्थाका कार्यक्रम अधिकृत हेमराज शर्मा र विद्यार्थी संयोजक दीपा चौधरीले सम्बन्धित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्था समितिका अध्यक्षलाई चेक हस्तान्तरण गर्नुभयो ।

अध्यक्ष विष्टले विपन्न विद्यार्थीको शैक्षिक आवश्यकताहरू पूरा गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीको शिक्षा निरन्तरता र गुणस्तर वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै प्रधानाध्यापकहरूले संस्थाको यो सहयोगले विद्यार्थीको शैक्षिक क्षेत्रमा देखिएका आर्थिक चुनौतीलाई कम गर्ने र विद्यार्थीलाई अझ राम्रोसँग पढाइमा लाग्न प्रेरणा दिने बताउनुभयाे ।

यस आर्थिक सहयोगका कारण विद्यार्थीहरूमा शैक्षिक गतिविधिमा सहभागिता बढ्ने र उनीहरूको भविष्य उज्ज्वल बन्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation