मङ्लबार, कार्तिक १९, २०८२

गढवा गौशालाको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न, गाई समातेर नयाँ कार्यसमितिको शपथ ग्रहण

गढवा ९ चैत्र । गढवा गौशाला तथा स्थानीय प्रजातिका गाई संरक्षण केन्द्र गढवा ६ मनिकापुरको प्रथम साधारण सभा तथा अधिवेशन शनिबार गौशाला परिसरमा सम्पन्न भएको छ । 

गाई संरक्षण केन्द्रका अध्यक्ष जितबहादुर आले मगरको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको विशिष्ट अतिथ्यमा सम्पन्न भएको हो । 

प्रथम साधारण सभा तथा अधिवेशनमा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलले स्थापना कालको समयमा गढवा गौशालाको अवस्था दयनीय र दुःखदायी देखेर आफूले निर्वाचित भएको पहिलो वर्ष नै गौशाला व्यवस्थापनमा बजेट व्यवस्थापन गरी गौशाला स्थानान्तरण गरी व्यवस्थित गर्नेतर्फ अग्रसर भएको बताउनुभयो ।

गाई हाम्रो गौमाता र आस्थाको धरोहर भएको नाताले गाईको संरक्षण गर्न आफ्नो परम कर्तव्य रहेको भन्दै पालिका अध्यक्ष पोखरेलले गौशालालाई संरक्षण गर्दै व्यवस्थित रुपमा सञ्चालनका लागि सदैव क्रियाशील रहेको जिकिर गर्नुभयो । गौशाला स्थानान्तरणको अवस्थामा विभिन्न निकायबाट भएको असहयोगलाई सम्झिदा आफूलाई दुःख लाग्ने गरेको बताउदै पालिका अध्यक्ष पोखरेलले गाई संरक्षक हुँ भन्दै भाषण गरेता पनि व्यवहारमा गौशाला व्यवस्थापनमा सहयोग नगर्ने हरूको टिम गौशाला विरुद्ध लागिपरेको स्मरण समेत गर्नुभयो । आफूले गढवा गौशालालाई व्यवसाय सँग जोड्न भार्मिक मल उत्पादन त्यसैगरी गिद्ध संरक्षणको क्षेत्रमा काम गर्ने बारे योजना बनाएको जानकारी समेत दिनुभयो ।

वर्तमान तदर्श समितिले गौशाला संरक्षणको क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताउँदै पालिका अध्यक्ष पोखरेलले हालको समितिले गरेको योगदान भुल्न नसकिने बताउनुभयो । गौशालालाई आत्मनिर्भर बनाउने तर्फ विभिन्न कार्यक्रम, तालिमहरू सम्पन्न गराइसकेको बताउँदै पालिका अध्यक्ष पोखरेलले आउने दिनहरूमा गौशाला आत्मनिर्भर बनेर आफै सञ्चालन हुन सक्ने हिसाबले काम गर्न सक्ने बताउनुभयो ।

अधिवेशनमा बोल्दै विशिष्ट अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले स्थापनाकालदेखि गौशाला र गाई संरक्षणमा विभिन्न आरोह अवरोह पार गर्दै हालसम्म गौशालालाई वर्तमान अवस्थासम्म पुर्‍याउन सहयोग गर्ने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन समेत गर्नुभयो। गौशाला स्थापना गर्नु ठूलो कुरा नभएको बताउँदै उपाध्यक्ष चौधरीले सञ्चालन र प्रवर्धन संरक्षण गर्दै त्यसको क्षेत्रमा काम गर्नु बचाई राख्न गाई संरक्षणलाई बचाइ राख्न ठूलो कार्य भएको बताउनुभएको । आफूहरू निर्वाचित भएर आएपछि गाई संरक्षण र गौशालालाई व्यवस्थित गर्ने तर्फ भरपुर सहयोग गरेको बताउँदै उपाध्यक्ष चौधरीले वर्तमान गौशालाको संरचना वर्तमान स्थानीय सरकारकै पालामा भएको बताउँदै आगामी दिनमा गौशाला व्यवस्थापनमा थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। साथै उपाध्यक्ष चौधरीले प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनबाट एउटा राम्रो र सबैको समन्वय साथबाट छलफलबाट राम्रो टिम समितिमा आओस् भन्दै नयाँ कार्यसमितिलाई शुभकामना समेत दिनुभयो ।

सम्पन्न प्रथम अधिवेशनले जितबहादुर आले मगरको अध्यक्षतामा ११ सदस्य नयाँ गौशाला व्यवस्थापन समिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा देवराज यादव,सचिवमा भरतकुमार पन्त, कोषाध्यक्षमा रुपा गिरी, सहसचिवमा पटवारी यादव, त्यसैगरी सदस्यहरूमा मोहम्मद मुस्थफा गुजर, गुरुप्रसाद यादव,हिमा अधिकारी, वीरसिंह थापा, आशा विश्वकर्मा र हिमाल नेपाली निर्वाचित हुनुभएको छ ।

उमाकान्त पन्तको संयोजकत्वमा गठित तीन सदस्य निर्वाचन मण्डल गठन गरी सम्पन्न गरेको हो ।

निर्वाचन मण्डलका संयोजक उमाकान्त पन्तले निर्वाचित सदस्यहरूलाई गाईको बाछी समातेर सपथ ग्रहण खुवाउनुभएको थियो । निर्वाचन कमिटीको सदस्यमा गोविन्द रोका र र उमानाथ यादव रहनुभएको थियो ।

गौशालाको प्रथम साधारण सभा तथा अधिवेशनमा संस्थाको सचिव भरतकुमार पन्तले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७५/ ०७६ छाडा गाईहरूको संरक्षण कार्य गर्दै आएतापनि २०८१ वैशाख २ गतेमा स्थानीय सरकार गढवा गाउँपालिकामा विधिवत रुपमा दर्ता भई वैधानिक रुपमा आफ्नो गतिविधि गर्दै आएको प्रतिवेदनमा प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै सचिवपन्तले गौशालामा हाल ६ जना कर्मचारीमध्ये ४ जना गाई हेरालु बिहान ९ बजेदेखि ४ बजेसम्म कार्य गर्दै आएको र अन्य दुईजना सहयोगी कर्मचारी बाच्छाबाछी रेखदेखका लागि रहेको कुरा जानकारी गराएका थिए ।

त्यसैगरी संस्थाको आय व्यय प्रस्तुत गर्दै गाई संरक्षण केन्द्र कि कोषाध्यक्ष रूपा गिरीले ११ लाख ५ हजार ५ सय ५० रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गर्नुभएको थियो। जसमा आयतर्फ गाई गोरु बिक्री ९ हजार, गाई इन्ट्री ३४ हजार ५ सय, मल बिक्री १ लाख २९ हजार ९ सय २५ रुपैयाँ र भुक्तानी दिन बाँकी लेखा परीक्षण र भ्याट ५ हजार ६ सय ५० सदस्यबाट सापटी ११ हजार १० रुपैयाँ, भुक्तानी दिन बाँकी अन्य ५५ हजार ८ सय ६५ रुपैयाँ, गढवा गाउँपालिकाबाट अनुदान ८ लाख ५९ हजार ६ सय गरी कुल ९ लाख ३२ हजार १ सय २५ रुपैयाँ को आय प्रस्तुत गर्नुभएको थियो भने व्ययतर्फ मसलन्द १४ हजार २ सय १५, इन्धन खर्च ३ हजार १ रुपैयाँ, खाजा नास्ता ५ हजार ५ सय १५ रुपैयाँ, कार्यालय सामग्री खर्च ३० हजार ५ सय ९६, घांसको  बिउ खरिद ७ सय ५०, दस्तुर शुल्क १ हजार ३ सय रुपैया, तलब खर्च ४७ हजार ४ सय २०, जोताई खर्च ३ हजार ४ सय ६५, यातायात खर्च ७ सय, विद्युत खर्च २ सय ९० रुपैयाँ, दाना खरिद २० हजार ५ सय, मल व्यवस्थापन खर्च १ हजार ५ सय ३१, बारबेरा खर्च १२ हजार, मर्मत सम्भार खर्च २ सय, व्यवस्थापन खर्च १८ हजार ६५, लेखा परीक्षण शुल्क ५ हजार, लेखा परीक्षणको भ्याट ६ सय ५० रुपैयाँ, विविध खर्च ९ हजार ५ सय ३५ रुपैयाँ, बैंक मौज्जात ४० हजार ७ सय ५०, नगद मौज्जात ३० हजार ४ सय ७२, मल उत्पादन भवनतर्फ आठ लाख ५९ हजार ६ सय गरी कुल ९ लाख ३० लाख ८ सय २२ रूपैयाँ बराबरको ब्यय प्रस्तुत गर्नुभएको थियो ।

गौशालाको प्रथम साधारण सभा तथा अधिवेशनको अवसरमा टोशाला स्थापनाकालदेखि हालसम्म सहयोग गर्ने सहयोगी दाताहरूलाई सम्मान तथा कदरपत्रले सम्मानित समेत गरेको थियो ।

गौशालाले निवर्तमान गढवा गाउँपालिका अध्यक्ष सहदराम अहिर निवर्तमान गाउँपालिका उपाध्यक्ष शान्ति चौधरी, गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आलेमगर, वडा सदस्य गोविन्द रोका, राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ निवासी हाल गोबडिया आयुर्वेद औषधालय गोबडियाका प्रमुख डाक्टर शंकरनाथ योगी, गौशाला स्थापनाकालदेखि लामो समयसम्म गौशालाको अध्यक्ष भई गाई संरक्षकको क्षेत्रमा काम गरेका हुमाकान्त सुवेदी, गढवा गौशालाका कानुनी सल्लाहकार उमाकान्त पन्त, प्रेस सल्लाहकार उमानाथ यादव आलोक भावुक लाई सम्मानपत्रले सम्मान गरिएको हो ।

सम्मान पश्चात् राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ निवासी डा. शंकरनाथ योगीले ९ हजार ६ सय ५० रुपैया आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । डाक्टर योगीले यसभन्दा पहिले पनि गौशालाका ‌गाई तथा गौरक्षकका लागि नगद तथा खाद्यान्न सहयोग गरिसक्नुभएको छ ।

त्यसैगरी साधारण सभा तथा प्रथम अधिवेशनको अवसरमा गडवा गौशालाले गढुवा गाउँपालिका वडा नम्बर १ देखि वडा नम्बर ८ सम्मका वडाध्यक्ष त्यसैगरी गडवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल । इलाका प्रहरी कार्यालय गडवाका प्रहरी निरीक्षक कालिका कार्की लाई गौशालाको मानार्थ सदस्यता पत्र समेत प्रदान गरेको छ ।

हात यसैगरी गाई हेरालु रामचुन यादवलाई उत्कृष्ट कर्मचारीको रूपमा दोसल्ला ओढाएर नगदसहित सम्मान गरेको छ भने अन्य गाई हेरालुलाई कदरपत्रले सम्मान गरेको छ ।

गौशालाको प्रथम अधिवेशन तथा साधारण सभामा गढवा गाउँपालिकाका निवर्तमान अध्यक्ष सहजराम अहिर, निवर्तमान उपाध्यक्ष शान्ति चौधरी, ६ नम्बर वडाका वडा अध्यक्ष वीरबहादुर आलेमगर, गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल, ६ नम्बर वडाका वडा सदस्य दिनामणी आचार्य र गोविन्द रोका, त्यसैगरी समाजसेवी कपिलदेव खनाल, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका सहसचिव पटवारी  यादव, चेतनशील महिला समाज केन्द्रकी अध्यक्ष शकुन्तला डिसी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा गढवागमा रहेका विभिन्न क्रियाशील संघसंस्था महिला अधिकारकर्मी, नागरिक समाज, गौ भक्त गौरक्षक, पत्रकार स्थानीय लगायतको सहभागिता रहेको थियो ।

गढवा गौशालाकी कोषाध्यक्ष रूपा गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गौशालाका सचिव भरतकु‌मार पन्त र प्रेस सल्लाहकार आलोक भावुकले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation