मङ्लबार, कार्तिक १९, २०८२

भालुबाङ खानेपानी उपभोक्ता समितिको २८औं बार्षिक साधारणसभा सम्पन्न, कार्यालय सचीव ज्ञवाली सम्मानित

भालुबाङ ९ चैत्र । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गापालिका १ भालुबाङमा रहेको भालुबाङ खानेपानी तथा सरसफाइ उपभोका समीतीको २८औं बर्षको बार्षिक साधारणसभा शनिबार सम्पन्न भयको छ ।

भालुबाङ खानेपानी तथा सरसफाइ उपभोका समीतीका अध्यक्ष हस्त बहादुर गुरुङको अध्यक्षता एवं खानेपानी तथा सरसफाइ डिभिजनका प्रमुख तिलक न्यौपानेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि न्यौपानेले पानसमा बत्ती बाली व्यानर पढेर गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले “खानेपानी तथा सरसफाईले उपभोक्ताहरुलाई सहजता पूर्ण खानेपानी दियको बताउनु भयको थियो ।”

कार्यक्रममा घर आगन सरसफाइ, तथा पानी थोरै र धेरै सदुपयोग गरि समयमै बिल भुक्तानी गर्ने उपभोक्ता र कार्यालयमा समयमै आउने र राम्रो काम गर्ने कर्मचारीलाई सम्मान गरेको थियो ।

जस मध्ये कार्यालयमा समयमै आउने र राम्रो काम गरेको मुल्यांकन गरि खानेपानी उपभोक्ता समितिका कार्यालय सचीव सुमन ज्ञवालीलाई सम्मान पत्र र पुरस्कार सहित सम्मान गरेको हो ।

त्यसै गरि घर आगन सरसफाइ तर्फ  उपभोक्ता निर्मला बिटालु प्रथम र खग बहादुर पुन द्वत्तिय भएका हुन । त्यस्तै कम पानी सदुपयोग गरि समयमै महसुल बुझाउने उपभोक्ता गिरिराज पोख्रेल र धेरै पानी सदुपयोग गरि समयमै महसुल बुझाउने उपभोक्ता अब्दुल्लाह हलुवाईलाई पनि सम्मान पत्र तथा पुरस्कार सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला खानेपानी तथा महासंका अध्यक्ष-श्री ध्रुब ठकुरी, भालुबाङ खानेपानी तथा सरसफाई उपभोका समीतीका संस्थापक सह सचीब महेश रिजाल, नमुना खानेपानी आपखोली खानेपानी तथा सरसफाइ व्यवस्थापन समितीका अध्यक्ष गौमाया केसी, भालुबाङ होटल व्यवसायी संघका उपाध्यक्ष बासुदेव भुसाल, राम जहदी सामुदायीक बन उपभोक्ता समिती भालुबाङका अध्यक्ष डिल्लीराज सुबेदी, राप्ती सामुदायिक वन उपभोक्ता समीती भालुबाङका उपाध्यक्ष विजुला के.सी, समृद्धि टोल विकास समीती लालमटियाका भिमलाल न्यौपाने, लालमटीया खानेपानी तथा सरसफाइ उपभोक्ता समीतीका अध्यक्ष गुरुप्रसाद ज्ञवाली, उपभोक्ता समितिका   सल्लाहकार ओम प्रकास बुढाथोकी, लेखा समीतीका संयोजक शिसिर पुन लगायत समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा उपभोक्ताहरु लगायतकाको  उल्लेखनीय उपस्तिथि रहेको थियो ।

खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष रिखिराम आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन कोषाध्यक्ष चन्द्र प्रकाश आचार्यले गरेका थिए भने कार्यक्रमको सहजिकरण अध्यक्ष हस्त बहादुर गुरुङले गर्नु भयको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation