मङ्लबार, कार्तिक १९, २०८२

गढवामा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, २९८ जना लाभान्वित

गढवा २३ चैत्र । गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिया स्थित आदर्श रात्री प्रावि गोबरडियामा एक दिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

एक दिनै निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा २ सय ९८ जनाले सेवा लिएका छन्। जसमा अधिकांश महिला रहेका छन् ।

विशेषज्ञ स्वास्थ्य शिविरमा हाड जोर्नी रोग, स्त्री रोग, मधुमेह, पेट तथा छाती रोग, भिडियो एक्सरे सेवा, मानसिक रोग लगायतका विभिन्न रोगहरूको बारेमा विशेषज्ञ सहितको स्वास्थ्य सेवा दिइएको हो ।

गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा लुम्बिनी सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर बुटवलको प्राविधिक सहयोगमा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

गढवा गाउंपालिकामा एकैपटक धेरै रोगको चेकजाँच र उपचार भएको पहिलो यो पहिलो पटक हो । यसबाट धेरै बिरामी लाभान्वित हुनुभएको छ । निःशुल्क उपचारले अत्यन्त विपन्न समुदायका महिला वृद्धहरु समेत पहिलो पटक उपचारका लागि आएका छन् गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो ।

स्वास्थ्य सेवाको पहुंचबाट टाढा रहेका नागरिकहरुलाई गाउँघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले लुम्बिनी सिटि हस्पिटल बुटवलसंग सहकार्य गरी निशुल्क विशेषज्ञ शिविर सञ्चालन गरेको पालिका अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो । पालिका भित्रका आम नागरिकहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा दिनुपर्छ भन्ने उद्देश्यले निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र भविष्यमा समेत निरन्तरता दिँदै जाने बताउनु भयो । गाउँपालिकाले यसभन्दा पहिले निःशुल्क आँखा शिविर चेकजाँच आठवटै वडामा सम्पन्न गरिसकेको छ भने नि:शुल्क नाक कान चेकजाँच शिविर समेत सम्पन्न गरिसकेको छ ।

शिविर सञ्चालन हुँदा बिरामीले निशुल्क रुपमा विभिन्न रोगहरुको चेकजाँच गराउनुका साथै औषधी समेत वितरण गरिएको छ, विशेष गरी स्त्री रोग, पेट तथा छाती सम्बन्धी र हाड जोर्नीका समस्या भएका विरामीहरु आएर चेकजाँच गरिनुका साथै औषधी लिएर जानु भएको छ, जटिल समस्या देखिएकालाई डाक्टर संग समन्वय गर्न भनेका छौं- गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation