मङ्लबार, कार्तिक १९, २०८२

राप्ती प्रेस मञ्चद्धारा अघोषित लोडसेडिङको अन्त्यको माग गर्दै बुझायो ज्ञापनपत्र

देउखुरी ४ जेठ । केहीदिन यता दाङको देउखुरीमा दिनहु अघोषित लोडसेडिङ गर्न थालेपछि राप्ती प्रेस मञ्चले विद्युत प्राधिकरण सहित प्राधिकरणका कार्यकारी निर्देशक र ईलाका प्रशासन कार्यालय लमही, दाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

देउखुरी क्षेत्रमा अनाधिकृत रुपमा विद्युत प्राधिकरणले विभिन्न बहाना बनाउँदै विद्युत कटौती गर्न थालेपछि लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा कृयाशिल पत्रकारहरुको छाता संगठन राप्ती प्रेस मञ्चले तत्काल अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै आज आइतबार विद्युत प्राधिकरण सहित प्राधिकरणका कार्यकारी निर्देशक र ईलाका प्रशासन कार्यालय लमही दाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीको नेतृत्वमा गएको एक टोलीले ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख अनिल रिजाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई र नेपाल विद्युत प्राधिकरण लमही बितरण केन्द्रका प्रमुख इन्जिनियर युवराज रावत र बितरण केन्द्रका प्रमुख रावत मार्फत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई अघोषित लोडसेडिङ अन्त्यको माग सहितको ज्ञापनपत्र बुझाइएको मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ ।

ज्ञापनपत्र बुझ्‌दै ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख अनिल रिजालले मञ्चले बुझाएको ज्ञापनपत्र आजै प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा पठाउने बताउनुभयो । साथै देउखुरी क्षेत्रमा भईरहेको अघोषित लोडसेडिङको बिषयमा लमही बितरण केन्द्र संग बुझेर सहज विद्युत आपुर्तिको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै विद्युत लमही बितरण केन्द्रका प्रमुख इन्जिनियर युवराज रावतले यो अघोषित लोडसेडिङ नभई प्राविधिक समस्याका कारण विद्युत आपुर्तिमा समस्या आएको बताउनुभयो । उहाँले देउखुरी क्षेत्रमा एउटा मात्र सब—स्टेशन रहेको र एउटा सव—स्टेशनले लोड धान्न नसक्दा बीच—बीचमा लाइन काटिने समस्या आएको बताउनुभयो । प्रमुख रावतले सव—स्टेशनमा उपकरण फेर्ने देखि मर्मतको काम समेत भइरहेकोले केही दिनमै समस्या हल हुने बताउनुभयो ।

मञ्चले अघोषित लोडसेडिङ तत्काल अन्त्य गर्नुपर्ने, विद्युत आपूर्तिमा समस्या भएमा त्यसको कारण, क्षेत्रगत प्रभाव र समाधानका उपाय सार्वजनिक गर्नुपर्ने, सूचना प्रवाह, सञ्चारमाध्यम, स्वास्थ्य तथा शिक्षा जस्ता संवेदनशील सेवामा नियमित विद्युत आपूर्ति सुनिश्चित गरिनुपर्ने र दीर्घकालीन रूपमा लोड व्यवस्थापन र विद्युत पूर्वाधारमा सुधार ल्याउने स्पष्ट कार्ययोजना कार्यान्वयन गर्नुपर्ने लगायतका चार बुँदे माग गरेको छ । साथै मञ्चले एक हप्ता भित्र देउखुरी क्षेत्रमा एक हप्ता भित्र अघोषित लोडसेडिङ अन्त्य नभए आम नागरिक सहितको चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावती समेत दिएको छ ।

पछिल्ला केही महिना देखि बढ्दो अघोषित लोडसेडिङका कारण आमनागरिक, उद्योग व्यवसाय, शिक्षालय, स्वास्थ्य संस्था तथा सञ्चार माध्यमहरू समेत अत्यन्त प्रभावित भएका छन् । विद्युत अवरोधका कारण समाचार सम्प्रेषण, सूचना प्रवाह, मुद्रण, रेडियो तथा अनलाइन सेवा संचालनमा समेत असहजता भोग्दै आउनुका साथै अघोषित लोडसेडिङका कारण देउखुरीका नागरिकहरु आक्रोशित समेत भएका छन् । ज्ञापनपत्र बुझाउन मञ्चका अध्यक्ष अधिकारी सहित मञ्चका बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, महासचिव ओमप्रकाश गुप्ता र सदस्यहरु मुक्तिराम पौडेल, लालमणि भुसाल र मोतीराम भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation