मङ्लबार, कार्तिक १९, २०८२

राप्ती प्रेस मञ्चले जेठ १२ र १३ गते डिजिटल मिडिया तथा एआई तालिम सञ्चालन गर्दै

भालुवाङ ९ जेठ । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले डिजिटल मिडिया तथा एआई तालिम सञ्चालन गर्न लागेको छ। पत्रकारहरूलाई प्रविधि सँग जोड्न र प्रविधिमै दक्ष बनाउन यही जेठ १२ र १३ गते तालिम सञ्चालन गर्न लागेको हो ।

मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले सो तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । राप्ती गाउँपालिका मसुरीयामा तालिम सञ्चालन गर्ने र प्रविधिमा दक्ष प्रशिक्षकलाई निमन्त्रणा गर्ने मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ ।

साथै बैठकले यही जेठ १३ गते कृष्णसेन इच्छुक स्मृति दिवस मनाउने निर्णय समेत गरेको छ । सो दिन मञ्चले राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोकमा रहेको कृष्णसेन इच्छुकको सालिकमा माल्यार्पण तथा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाउन लागेको हो ।

त्यस्तै जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा मञ्चले राप्ती गाउँपालिका ५ सिसहनियाँ बजारमा दिपप्रज्वलन गरि दिवस मनाउने निर्णय समेत गरेको मञ्चका महासचिव गुप्ताले जानकारी दिनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation