शुक्रबार, चैत्र ६, २०८२

राप्ती ७ मा सञ्चालित ३ दिने महिला नेतृत्व क्षमता विकास कार्यक्रम सम्पन्न

सिसहनियाँ ९ जेठ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ७ मा सञ्चालित तीन दिने महिला नेतृत्व क्षमता विकास कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

बड्का सिसहनियाँस्थित वडा कार्यालयमा सम्पन्न कार्यक्रममा विभिन्न टोलका ३३ जना महिलाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेतृत्व विकास, सामाजिक सक्रियता, स्वास्थ्य तथा उद्घोषण कला सम्बन्धी विषयहरूमा प्रशिक्षण दिइएको थियो ।

वडा सदस्य सावित्री चौधरीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा वडा सदस्य उमा परियार, वडा सचिव शान्ता केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य तथा प्रशिक्षक ओमप्रकाश गुप्ता, सहभागीहरू सीता पोख्रेल, सरिता शर्मा पौडेल, शिल्पा चौधरी, रिता चौधरी लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सहजकर्तामा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख जीवनकुमारी जिसी, स्वास्थ्य शाखाकी अधिकृत भारती सन्यासी र पत्रकार ओमप्रकाश गुप्ता रहनुभएको थियो। समापन कार्यक्रमको सञ्चालन सहभागी गीता भण्डारीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation