नवलपुर सेवा समाज युएईले आफ्नो दशौँ स्वर्णिम वार्षिक महोत्सव भव्य रूपले सम्पन्न गरेको छ । कार्यक्रमले केवल एक संस्थाको वार्षिक उत्सव मनाउने सीमाभित्र मात्र नरही, नेपाली एकता, सांस्कृतिक पहिचान र सामाजिक उत्तरदायित्वको साझा मंचको रूपमा आफूलाई प्रस्तुत गर्ने कोसिस गरेको थियो ।
कार्यक्रमको सभाध्यक्षता समाजका संस्थापक सदस्य तथा अग्रगामी व्यक्तित्व श्री गोपाल पराजुलीले गर्नुभएको थियो । समारोहमा प्रमुख अतिथिका रूपमा समाजसेवी तथा समुदायमैत्री व्यक्तित्व श्री राम मोक्तानको उपस्थिति रह्यो ।
कार्यक्रम सञ्चालनको जिम्मेवारी अनुभवि सञ्चालक श्री रामप्रसाद ढकालले सम्हाल्नुभएको थियो, जसले सम्पूर्ण सत्रलाई आकर्षक र अनुशासित रूपमा अघि बढाउनु भयो ।
विशेषत: यस वर्षको स्वर्णिम महोत्सवमा नेपाली समाज युएईका निवर्तमान अध्यक्ष तथा नवलपुर सेवा समाज युएईका प्रमुख सल्लाहकार श्री वेदप्रसाद अर्याल, समाजका आजीवन सदस्यहरू, संस्थापक सदस्यहरू, र नेपाली समुदायका विभिन्न पेशागत तथा सामाजिक व्यक्तित्वहरूको बाक्लो सहभागिता विशेष रूपमा उल्लेखनीय रह्यो ।
यस महोत्सवको संयोजन तथा समन्वयको प्रमुख भूमिका श्री विष्णुप्रसाद अधिकारीले निर्वाह गर्नुभएको थियो । उहाँको लगनशीलता, समन्वय क्षमता र कार्यदक्षताले सम्पूर्ण कार्यक्रमलाई सुव्यवस्थित, सौहार्दपूर्ण र सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको देखियो ।
नवलपुर सेवा समाज युएईले आफ्नो दशौँ स्वर्णिम वार्षिक महोत्सवमा प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रमले उपस्थित सबैको मन जित्न सफल भयो । यस सांस्कृतिक प्रस्तुतिले नेपाली मौलिकता, सांस्कृतिक विविधता र एकताको सन्देशलाई प्रवासी नेपाली समाजमा उजागर गर्यो ।
कार्यक्रमका प्रमुख झलकहरूमा समावेश थिए :
लोक नृत्य र गीतहरू : नेपाली परम्परागत लोक नृत्यहरू जस्तै दाउरी र तामाङ खम्बा नृत्यले माटोको मिठास र सांस्कृतिक सौन्दर्य प्रस्तुत गरे । विभिन्न क्षेत्रीय भाषाहरूमा प्रस्तुत लोक गीतहरूले सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्धनमा समाजको योगदानलाई उजागर गरे ।
आधुनिक नृत्य प्रस्तुतिहरू : युवा प्रतिभाहरूले आधुनिक शैलीमा प्रस्तुत गरेका नृत्यहरूले कार्यक्रममा नयाँ ऊर्जा भरे। उनीहरूको क्रियाशीलता र प्रतिभाले प्रवासी युवालाई पनि सांस्कृतिक पहिचानसँग जोड्न मद्दत गर्यो ।
सांगीतिक प्रस्तुति : नेपाली सांगीतिक गायकहरूले देशभक्ति गीत, भजन र लोकगीत प्रस्तुत गरी उपस्थित दर्शकहरूलाई भावुक तुल्याए। संगीतमा समावेश पारंपरिक र आधुनिक शैलिहरूको संयोजनले कार्यक्रमलाई समृद्ध बनायो ।
बाल कलाकारहरूको प्रस्तुति : बालबालिकाहरूले प्रस्तुत गरेका नृत्य र गीतहरूले कार्यक्रमलाई झन् मनमोहक बनायो । उनीहरूको प्रतिभाले सांस्कृतिक निरन्तरतामा आशा र विश्वास जगायो ।
यस सांस्कृतिक कार्यक्रमले नवलपुर सेवा समाज युएईको सांस्कृतिक संरक्षण र प्रवर्धनमा रहेको प्रतिबद्धता स्पष्ट पार्यो र प्रवासी नेपालीहरूलाई आफ्नो पहिचानसँग जोड्न बलियो माध्यम प्रदान गर्यो ।
नवलपुर सेवा समाज युएईको विशेष निमन्त्रणलाई सहर्ष स्वीकार्दै उपस्थित हुनुभएको सम्पूर्ण समाजसेवी, पत्रकार तथा सम्बन्धित व्यक्तित्वहरूमा म, कार्यक्रम संयोजक विष्णुप्रसाद अधिकारी, तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो ।
तपाईंहरूको यो उपस्थितिले हाम्रो कार्यक्रमलाई सफल र सार्थक बनाउन ठूलो मद्दत पुग्यो। यस्ता अवसरहरूमा देखाइएको सक्रियता र सद्भावले मात्र हाम्रो समाजको सामाजिक एकता, प्रगति र सांस्कृतिक संरक्षणलाई मजबुत बनाउँछ ।











