सिसहनियाँ २७ असार । भेरी अञ्चल अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले दाङको राप्ती गाउँपालिका–५ स्थित राप्ती आधारभूत अस्पताल, कालापानीको स्थलगत अवलोकन गर्नुभएकाे छ ।
सिकलसेल र थालसेमिया रोगसम्बन्धी विज्ञ समेत रहनु भएका डा. पाण्डेले अस्पतालको सेवा, पूर्वाधार तथा आवश्यकताबारे जानकारी लिनुभयो ।
त्यस्तै उहाँले अस्पतालमा उपचाररत बिरामीहरूको अवस्था बुझ्दै उहाँहरूलाई स्वास्थ्य परामर्श समेत दिनुभएको थियो ।
अवलोकनका क्रममा राप्ती गाउँपालिकाका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले डा. पाण्डेलाई धन्यवाद ज्ञापन गर्दै हरेक महिनाकाे एकपटक अस्पतालमै उपस्थित भई सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष विष्टले ग्रामीण भेगका नागरिकहरूलाई गाउँमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो आग्रह गर्नु भएको हाे ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायका लागि यस्ता पहलहरू निकै फलदायी हुने उल्लेख गर्दै डा. पाण्डेले समय मिलेसम्म आएर सेवा दिने प्रतिबद्धता जनाउनुभयो ।











