भालुवाङ १७ चैत । राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको कृषि समितिको प्रथम साधारसभा तथा अधिवेशन शनिवार दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा प्रेमलाल चौधरी सर्वसम्मत चयन भएका छन् ।
चौधरीकै अध्यक्षतामा ४ सदस्य पछि मनोनित गर्ने गरी १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । जस अनुसार प्रथम उपाध्यक्षमा करमकाशी चौधरी, दोस्रो उपाध्यक्षमा योगेन्द्र चौधरी, महासचिवमा हरिचन्द्र चौधरी, सचिवमा नुमराज चौधरी, कोषाध्यक्षमा भगेलु प्रसाद चौधरी र सह–कोषाध्यक्षमा रामऔतार चौधरी रहेका छन् ।
त्यसै गरी समितिको सदस्यहरुमा आशाराम चौधरी, दिपक बुढामगर, जगनारायण चौधरी र जिउलाल चौधरी रहेका छन् । समितिका अध्यक्ष अर्जुन कुमार क्षेत्रीको अध्यक्षता एवम् नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश सदस्य शंकर गौतमको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभा उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि गौततमले किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरणका लागि चेम्बरले पहल गरिरहेको बताएका छन् ।
साथै उनले किसानहरुको माग अनुसार ज्ञान सिप, प्राविधि उपकरणहरु समेत उपलब्ध गराउन चेम्बर प्रतिवद्ध रहेको बताए । यसै बीच प्रमुख अतिथि गौतमले किसानहरुलाई व्यवसायीक बन्न समेत सुझाव दिएका छन् । थोरै थोरै उत्पादनले किसानमा परिवर्तन नआउने हुँदा त्यस तर्फ ध्यान दिन समेत सुझाव दिएका छन् ।
कार्यक्रममा राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष बसन्त बहादुर कुवर क्षेत्री, निवर्तमान अध्यक्ष नेमलाल शर्मा बेल्वासे, निर्वतमान प्रथम उपाध्यक्ष तथा सल्लाहकार श्यामा रावत, दोस्रो उपाध्यक्ष तथा सल्लाहकार शेषकान्त आचार्य, प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समितिका उपाध्यक्ष करमकाशी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समितिका महासचिव हरिचन्द्र चौधरीले गरेका थिए ।











