बुधबार, चैत्र ११, २०८२

अहिल्यै सन्यास लिन्नँ, विश्व च्याम्पियनका रूपमा अझै खेल्न चाहन्छु  : मेस्सी

अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनेल मेस्सीले खेलकुदको सबैभन्दा ठूलो पुरस्कार जित्ने आफ्नो जीवनकालको महत्वाकांक्षालाई महसुस गरेपनि आफ्नो देशका लागि खेलिरहन जारी राख्ने बाचा गरेका छन् ।

आइतबार कतारमा भएको विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि अर्जेन्टिनाको टेलिभिजनमा ३५ वर्षीय खेलाडीले भने, ‘म विश्व च्याम्पियनका रूपमा अझै केही खेलहरू अनुभव गरिरहन चाहन्छु ।’

‘मेरो करियरमा हरेक उपाधि जित्न पाउँदा म भाग्यमानी थिएँ, यसैको मात्रै अभाव थियो । म यसलाई त्यहाँ (अर्जेन्टिना) मा लैजान चाहन्छु र सबैसँग यसको खुसी बाँड्न चाहन्छु,’ उनले भने ।

मेस्सीले २३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने अतिरिक्त समयमा पनि १०८ औं मिनेटमा ३–२ को अग्रता लिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation