बुधबार, कार्तिक २०, २०८२

विश्वकप उपाधिको खुसी मनाउन अर्जेन्टिनामा सार्वजनिक बिदा

एजेन्सी । फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली मंगलबार स्वदेश पुगेसँगै राजधानी ब्यूनस आएर्सस्थित प्रख्यात ओबेलिस्कमा कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा उपस्थित हुन तथा खुसियाली मनाउन अर्जेन्टिनी सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

अर्जेन्टिनी सरकारले राष्ट्रिय टोलीको जितमा खुलेर खुसीयाली मनाउन बिदा दिएको जनाएको छ । त्यस्तै अर्जेन्टिना फुटबल संघले विज्ञप्ति जारी गर्दै विश्व च्याम्पियन टोलीले मंगलबार दिउँसो ओबेलिस्क क्षेत्रमा समर्थकमाझ उपाधिको खुसियाली मनाउनेछ । सोमबार कतारबाट अर्जेन्टिना प्रस्थान गरेको टोली मंगलबार विहान त्यहाँ पुगेर विमानस्थल नजिक रहेको संघको प्रशिक्षण केन्द्रमा आराम गर्नेछ ।

अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै उपाधि जितेको थियो । अतिरिक्त समयमा ३-३ को बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनल खेललाई धेरैले हालसम्मकै उत्कृष्ट फाइनलको उपमा दिएका छन् ।

अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले उपाधि जितेसँगै अर्जेन्टिना फर्कन आतुर रहेको बताएका थिए। ‘म अर्जेन्टिना पुगेर त्यहाँको वातावरण हेर्न चाहन्छु । म समर्थकमाझ खुसी साट्न चाहन्छु । यो क्षणमा रम्न चाहन्छु,’ मेस्सीले भने ।

अर्जेन्टिनी टोली रोम हुँदै अर्जेन्टिना पुग्दैछ नेपाली समयअनुसार मंगलबार मध्यान्हमा अर्जेन्टिना पुगेपछि टोलीले विश्राम लिनेछ। यो समाचार तयार पार्दाको समयमा ७३ हजार जनाले विश्व प्रसिद्ध फ्लाइट राडर २४ को वेबसाइटमा अर्जेन्टिनी टोली चढेको विमानको यात्रा पछ्याइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation