शुक्रबार, कार्तिक २२, २०८२

दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

भालुवाङदाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

लमही- भालुवाङ सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका- ८ पिपरीचोकमा पश्चिम बाट पुर्व तर्फ गइरहेको रा १ क २०९ नम्बरको राप्ती ग्यास बोकेको मिनी ट्रकले बिहीबार मध्याह्न साढे १२ बजेको समयमा बाटो काट्ने क्रममा साइकल यात्रीलाई ठक्कर दिदा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरा निवासी ६८ वर्षिय कृष्णबहादुर बस्नेतको मृत्यु भएको हो ।

मिनी ट्रकको ठक्कर बाट गम्भीर घाइते भएका बस्नेतको सिसहनियाँ स्वास्थ्य चाैकीमा सामान्य उपचार पछि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल लगिएको र उपचारको क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रहरी प्रमुख जीवन केसीले जानकारी दिएका छन् । घाइतेको टाउकोमा गहिरो चोट लागेको थियोे ।

ठक्कर दिने गाडी र चालकलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय भालुवाङ पठाइएको प्रहरी प्रमुख केसीले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation