मङ्लबार, माघ २१, २०८२

राजधानीको विषयमा भ्रमको खेती नगरिदिनुस : मन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशर सरकारका विना विभागिय मन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको राजधानीका विषयमा भ्रमको खेती नगर्न आग्रह गरेका छन् ।

आइतबार राप्ती उपत्यका मसुरीयमा भएको राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई संवोधन गर्दै मन्त्री आचार्यले कतिपय कुराहरुमा भ्रमको खेती गर्ने कुरा भएका छन्, यसको पछि नलाग्न अनुरोध गरे ।

अघिल्लो प्रदेश सभाले गरेको निर्णय कार्यान्वयन गर्न हामी आएका हौ र यसलाई लागु गर्न हामी प्रतिवद्ध रहेको मन्त्री आचार्यले बताए । ‘दाङ जिल्लालाई मात्र होइन १२ वटै जिल्लाका जनतालाई यो विश्वास दिलाउन चाहन्छौं’ मन्त्री आचार्यले भने ‘जुन लक्ष्य र उद्देश्य बोकेर यो राजधानी स्थापना गर्ने निर्णय गरेका थियौं त्यो निर्णयलाई कार्यान्वयन गर्न आट र साहसका साथ हामीले प्रदेशको नेतृत्व लिएका छौं ।’

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले मानव अधिकारका विषयमा लुम्बिनी प्रदेश सरकार सधै प्रतिवद्ध रहने बताएका छन् । मानव अधिकारका विषयमा कही कतै हनन भएको लाग्छ भने समयमै यसको निराकरण गर्न प्रदेश सरकार समन्वयकारी भूमिका खेल्न तयार रहेको विश्वास दिलाएका थिए ।

प्रदेश सरकार हरेक संघ संस्थासँग हातेमालो गर्दै अगाडी बढ्न चाहेको बताउदै मन्त्री आचार्यले सरकारको तर्फबाट हुने सहयोगमा कमी हुन नदिने प्रतिवद्धता पनि जनाए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation