‘मणिभ उत्सव’ को दोस्रो दिन पब्लिक एजुकेशन एकेडेमीले गर्यो रक्तदान कार्यक्रम

लालमटिया । राप्ती २ लालमटियामा अवस्थित पब्लिक एजुकेशन एकेडेमीले आफ्नो १५औ वार्षिकोत्सव माघ ७ गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी ‘मणिभ उत्सव’ मनाउन लागेको छ ।

‘मणिभ उत्सव’ को दोस्रो दिन आइतबार एकेडेमीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

पब्लिक एजुकेशन एकेडेमीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त संञ्चार सेवा केन्द्र घोराही दाङको प्राविधिक सहयोगमा आईतबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा २२ जना व्यक्तिले रक्तदान गरेका एकेडेमीका अध्यक्ष जीवराज शर्माले जानकारी दिएका छन् ।

एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमानन्द पाण्डेको अध्यक्षतामा भएको कायक्रममा ब्लड बैंक घोराहीका ईन्चार्ज दिलीप न्यौपाने, संचालन समितिका अध्यक्ष जीबराज शर्मा, रेडक्रस सोसाइटी उपसाखा लालमटियाका संयोजक किरण भण्डारी, रक्तदान कार्यक्रमका संयोजक प्रमोद पौडेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्रधानाध्यापक विक्रान्त ज्ञवालीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation