चोर पक्राउ गर्नेलाई १० हजार रुपैयाँ दिने गौमुखी गाउँपालिकाको घोषणा

प्युठान । प्युठानको गौमुखी गाउँपालिकाले चोरी कार्यमा संलग्नलाई पहिचान गरेर पक्राउ गर्नेलाई पुरस्कार स्वरूप १० हजार रुपैयाँ दिने भएको छ ।

प्यूठानका विभिन्न ठाउँमा पछिल्लो समय पेशेवर लुटेराकै शैलीमा चोरी र लुटपाटका घटना बढेको भन्दै गाउँपालिकाले एक सूचना निकालेर चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने वा पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।

गाउँपालिकाले घुमन्ते व्यापारीहरूलाई गाउँपालिका प्रवेशमासमेत रोक लगाएको छ । साथै कुनै शंकास्पद व्यक्ति देखिएमा प्रहरी वा जनप्रतिधिलाई सूचना दिन आग्रह गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर घर्तीले निकालेको सूचनामा भनिएको छ, ‘यस गाउँपालिका क्षेत्रमा आउने घुमन्ते व्यापारीहरुलाई गौमुखी गाउँपालिकाको अर्को सूचना प्रकाशन नहुञ्जेलम्मका लागि गाउँपालिकाको सीमा भित्र प्रवेश गर्न निषेध गरिएको व्यहोरा जानकारी गराइन्छ ।’                                                         

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation