मङ्लबार, माघ २१, २०८२

पत्रकार महासंघ दाङद्वारा नयाँ सदस्यता खुला

दाङ  नेपाल पत्रकार महासंघ दाङ शाखाले सदस्यता खुला गरेको छ । पत्रकार महासंघ केन्द्रिय समितिको निर्देशन अनुसार महासंघको नयाँ सदस्यता खुला गरेको हो ।

महासंघ दाङ शाखाको आज वुधवार घोराहीमा बसेको बैठकले नयाँ सदस्यता खुला गरेको हो । नयाँ सदस्यताकालागी फाराम बुझाउन यही माघ २५ गतेसम्मको समय निर्धारण गरेको छ ।

सदस्यता फारामको लागी रितपूर्वक भरेको आवेदन फारम, हालसालै खिचेको दुई प्रति पासपोर्ट साइेजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, आवद्ध सञ्चार संस्थाको नियुक्ती पत्र, कार्यरत सञ्चार संस्थाको सिफारिशपत्र, अनलाइनको हकमा सिफारिश पत्रकासाथ अनलाइन दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि, दुई बर्षदेखि पत्रकारितामा क्रियाशिल रहेको प्रमाणित हुने समाचार प्रकाशन, प्रशारण गरेको प्रमाणसहितका सामग्री र कम्तिमा प्रविणता प्रमाणपत्र तह वा १२ कक्षा उतिर्ण गरेको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्ने महासंघ दाङका सचिव आर.के. शीतलले जानकारी दिए ।

महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको ‘सुरक्षीत मिडिया परियोजना’ अन्तरगत स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमीका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation