आलोचना भएपछि तोसिमाले भनिन् – मृत्युमाथि राजनीति नगरौँ, बचाउन बहस गरौँ

काठमाडौं   आत्मदाह गरी गम्भीर भएका इलामका प्रेमप्रसाद आचार्यलाई भेटन जाँदा आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसीमा कार्कीले माफी मागेकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत आफूले भिडिओ नखिचेको बताएकी छन् ।

आचार्यको बुधबार ज्यान गएको थियो । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाह गरेका प्रेम प्रसाद आर्चायलाई किर्तिपुरस्थित बर्न अस्पताल पुर्याइएको थियो ।

सोही दिन बेलुका स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की अस्पतालमा उनलाई भेट्न पुगेकी थिइन् । अस्पताल गएको बेला भिडिओ खिचेको भन्दै आलोचना भएपछि राज्यमन्त्री डा. कार्कीले प्रष्टीकरण दिएकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफूले भिडिओ नखिचेको बताएकी छन् । उनले भिडिओ कसले खिच्यो भन्ने बारेमा आफूलाई जानकारी नभएको उल्लेख गर्दै उनले लेखेकी छन्,‘कसले कहाँ कसरी किन कहाँबाट भिडियो खिच्यो त्यसबारेमा हामी जानकार पनि छैनौं यदि मिडिया बाजी नै गर्नु थियो त त्यहाँ अन्य भिजिटरहरुले मास्क नलाउनुभएको अवस्थामा म आफू पनि मास्क खोलेरै चिनिएरै फोटो खिचाउँथे होला ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation