मङ्लबार, माघ २१, २०८२

रवि लामिछानेले आइतबार नेपालको नागरिकता लिने

काठमाडौँ । अवैध नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट सांसद् तथा सरकारबाट बहिर्गमनमा परेका रवि लामिछानेले आइतबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नेपालको नागरिकता लिने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको स्रोतका अनुसार पार्टीका पूर्वसभापति रवि लामिछानेले आइतबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नेपालको नागरिकताको प्रमाणपत्र लिने भएका हुन् ।

अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता पुनर्प्राप्तिको प्रक्रिया पूरा नगरी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति तथा सांसद बनेका लामिछानेको नागरिकता अवैध ठहर भएपछि उनको सांसदसँगै मन्त्री पद सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार खारेज गरिदिएको थियो ।

रवि लामिछानेको सांसद र मन्त्री पदसँगै पार्टी प्रमुखको पद पनि गुमेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक सभापतिको जिम्मा डोलप्रसाद अर्यालले पाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation