आइतवार, कार्तिक २४, २०८२

लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका दशौदी विजयी

लुम्बिनी प्रदेशमा संसदको माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि बुधबार सम्पन्न निर्वाचन नेकपा एमालेका कुमार दशौदी निर्वाचित भएका छन् ।

दशौदी ४ हजार २६ मतभारका साथ विजयी भएका हुन् ।

त्यस्तै कांग्रेसका माधव आचार्यले ३ हजार ७२० मतभार ल्याए भने, नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रबीर रायले १९२ मतभार पाएका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

निर्वाचनमा ३०४ मत खसेको थियो ।

रुपन्देहीको मर्चवार गाउँपालिकाको उपाध्यक्ष आशा सिंहबाहेक अन्य सबै मत खसेको थियो ।

नेकपा एमालेबाट निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि खाली रहेको सिटमा उप–निर्वाचन भएको हो ।  निर्वाचन दाङमा भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation