डिआईजी टेकप्रसाद राई बर्दिया जिल्लाको निरीक्षणमा, शान्ति सुरक्षामा ध्यान दिन निर्देशन

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राई एवं नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपन्देहीका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रेवती ढकाल लगायत जिल्ला प्रहरी कार्यालय बर्दियाको निरीक्षणको सिलसिलामा कार्यालय तथा मातहत समेतका प्रहरी ईकाई ईन्चार्ज, कार्यरत सि.प्र.अ., जु.प्र.अ. तथा प्र.ह.,प्र.ज.हरुलाई आवश्यक निर्देशन दिनुभएको छ ।

साथै बर्दिया जिल्लाका माननिय संघिय तथा प्रदेश सांसदहरु, नगरपालिकाका मेयरहरु, गाउपालिका अध्यक्षहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, जिल्लामा क्रियाशिल संचारकर्मीहरु लगायत स्थानिय संघ-संस्थाका प्रतिनिधीहरुहरुसंग समसामयिक सुरक्षा चुनौती र समाधानका उपाय सम्बन्धी विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम समेत गर्नु भएको ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation