स्थानीय निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारको जरिवाना राष्ट्रपतिद्वारा मिनाहा

काठमाडौं । गत वैशाखमा भएको स्थानीय तह चुनावका उम्मेदवारले खर्च विवरण नबुझाएपछि निर्वाचन आयोगले तोकेको जरिवाना मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जरिवाना मिनाहा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठकले बिहीबार सो जरिवाना मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले जरिवाना मिनाहा गरेकी हुन् ।

आयोगले समयमै खर्च विवरण नबुझाएको भन्दै लाखौँको दरमा नगद जरिवानाको निर्णय गरेको थियो ।

गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गरेको खर्चको विवरण नबुझाउने १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई गत ३१ भदौमा निर्वाचन आयोगले जरिवाना लगाएको थियो ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २५ अनुसार निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको ३० दिनभित्र खर्चको विवरण पेस गर्नुपर्ने प्रावधान छ । समयमा खर्चको विवरण नबुझाए आयोगले कारबाही गर्न सक्ने उल्लेख छ । त्यसैले निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा ३ बमोजिम ६ महिनाभित्र जरिवाना रकम बुझाउन आयोगले उम्मेदवारहरूलाई भनेको थियो । ६ महिनाभित्र पनि जरिवाना रकम नबुझाएमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन नपाउने निर्णय आयोगले गरेको गरेको थियो ।

निर्वाचन आयोगले उम्मेदवारबाट जरिवाना रकमबापत करिब ५ करोड राजस्व संकलन गरिसकेको छ आयोगका अनुसार हालसम्म ११६ जनाबाट ४ करोड ५१ लाख १५ हजार संकलन भएको छ । १३६ जना भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको ‘चुनावमा सहभागी हुनका हुनका लागि जरिवाना बुझाएका थिए। जरिवाना बुझाएकाको फिर्ता हुने नहुने उल्लेख गरिएको छैन ।

संविधानको धारा २०७६ अनुसार जरिवाना रकम मिहाना गरिएको हो । उक्त धारामा भनिएको छ, ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी मुल्तवी परिवर्तन वा कम गर्न सक्नेछ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation