भ्रम फैलाउने समाचार सम्प्रेषण नगर्न गाउँ पालिका अध्यक्ष विष्टको अनुरोध

देउखुरी । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जनतामा भ्रम फैलाउने किसिमका समाचार सम्प्रेषण नगर्न अनुरोध गरेका छन् ।

नयाँ युगवोध राष्ट्रिय दैनिकको शुक्रबार मौरीघाटमा शाखा कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले पछिल्लोे समय पत्रकारहरुले भ्रम फैलाउने किसिमका समाचार सम्प्रेषण गर्ने गरेको पाइएको हुदा यस्ता समाचार सम्प्रेषण नगर्न अनुरोध गरे ।

‘राप्तीमा पछिल्लो समय पत्रकारीतामा त्रुटी भएका छन्, हावाको भरमा समाचार लेख्ने पत्रकार पनि मैले देखेको छु’, अध्यक्ष विष्टले भने ‘राप्ती गाउँपालिकाको जुन समाचार जनतामा लानु पर्ने महत्व पूर्ण समाचार छन् ती समाचार जादैनन् तर अनावश्यक रुपमा समाचार लेखेर स्थानिय सरकारलाई बदनाम गराउने काम भएका छन् ।’

जनतामा भ्रम फैलाउने समाचार सम्प्रेषण नगर्न सम्पूर्ण पत्रकारहरुलाई अनुरोध गर्दै अध्यक्ष विष्टले गलत समाचार सम्प्रेषण गरेको पाइएमा कानुन अनुसार अगाडी बढ्ने समेत बताए । #हाम्रो लुम्बिनी न्युजबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation