भालुवाङमा हुन गईरहेकाे पाँचाैँ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवकाे प्रेस संयाेजकमा गुप्ता नियुक्त

भालुबाङ । देउखुरीकाे भालुवाङमा हुन गईरहेकाे पाँचाैँ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०७९ का प्रेस संयाेजकमा देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता नियुक्त भएका छन् ।

राप्ती उद्योग बाणिज्य संघ भालुबाङको आयोजनामा यहि फागुन १९ गते देखि चैत १ गते सम्म संचालन हुन गईरहेकाे महाेत्सवकाे प्रेस संयाेजकमा कार्यकारी सम्पादक गुप्ता नियुक्त भएका हुन् ।

संघकाे आज शनिबार बसेकाे बैठकले पत्रकार गुप्तालाई प्रेस संयाेजकमा नियुक्त गरेकाे संघका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् । महाेत्सवकाे सम्पूर्ण गतिबिधि सार्वजनिक गर्न तथा मिडिया तथा पत्रकारहरू संग सहकार्य गर्न प्रेस संयाेजक नियुक्त गरिएकाे संघले जनाएकाे छ ।

बिगत १८ बर्ष देखि निरन्तर पूर्व देउखुरीमा रहेर पत्रकारिता गर्दै आएका गुप्ता हाल राप्ती प्रेस मञ्चका महासचिव, प्रेस चाैतारी नेपालका प्रदेश कमिटी सदस्य तथा देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक सहित विभिन्न संञ्चार संस्था तथा मिडियामा आबद्ध रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation