गढवा । नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीको बैठक शनिबार गढवामा सम्पन्न भएको छ ।
माओवादी केन्द्र गढवा गाउँपालिका कमिटिकी उपाध्यक्ष दिपा पुनको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी माओवादि केन्द्र लुम्बिनि प्रदेश कमिटिका उपाध्यक्ष लुमाकान्त न्याेपाने काे प्रमुख अतिथि सम्पन्न भएको हो ।
सम्पन्न बैठकले यही फागुन १५ गते देखि ६ नम्बर वडा देखी बैचारिक, राजनितिक, संगठनात्मक अभियान सुरुवात गर्ने निर्णय गरेको छ । बैठकले पार्टी समिटिहरुमा राजनीतिक तथा बैचारिक प्रशिक्षण चलाउने, जनभेला तथा जनप्रशिक्षण गर्ने, शहिद, बेपत्ता परिवार र घाइते, अपांङ्गता भएका व्यक्तिहरु संग प्रत्यक्ष अन्तरक्रिया गर्ने लगाएतको काम अभियान मार्फत गर्ने माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीले जनाएको छ ।
‘सोच, संरचना र शैलिलाई बदल्दै आफुलाई रुपान्तरण गराै जन सम्बन्ध सुदृढीकरण गर्दै शक्तिसालि पार्टि निर्माण गराै’ भन्ने मुख्य नाराका साथ अभियानमा जाने बताइएको छ ।
बोठकमा गाउँपालिका कमिटीका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । भने कार्यक्रममा यमनारायण शर्मा पोख्रेल, हरीभगत चौधरी, बिरेन्द्र कुमार चौधरी, महेश अधिकारी, कैलाश चौधरी लगाएतकाको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण तिलक घिमिरेले गर्नु भएको थियो ।











