दुर्गा भवानी विद्यालय मसुरीयाको २६ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

देउखुरी । दुर्गा भवानी आधारभुत विद्यालय राप्ती गाउँपालिका ३ मसुरीयाको २६ औं वार्षिक उत्सव तथा अभिभावक भेला सोमबार सम्पन गएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भुसालको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यता तथा ३ नम्बर वडाध्यक्ष उमेश अधिकारी र पालिकाका युवा ,शिक्षा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विकको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, अभिभावक र शिक्षकहरुले ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा विद्यालयका सल्लाहकार किरण भण्डारी, शिक्षक महासंघ राप्ती गाउँपालिकाका अध्यक्ष कुलराज जैशी, शिक्षाप्रेमी गोविन्द प्रसाद शर्मा, दोर्ण भुसाल, हरी भुसाल, धर्मराज अधिकारी, दुर्योधन पाण्डे, दल बहादुर घर्ति, गोबिन्द अधिकारी, विद्यार्थीको तर्फबाट समिक्षा गैरे र अचर्ना चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा तनमाया स्मृती अक्षयकोष र उमाकला भुसाल स्मृती अक्षयकोषबाट आएको व्याजबाट पुरस्कार समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुती समेत देखाइएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुर्यप्रकाश भण्डारीले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक शषिकपुर कार्किको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक टोमलाल गैरेले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation