बालविवाह, बालश्रम, मानव बेचबिखन तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको सचेतना मूलक कार्यक्रम गढवामा सम्पन्न

गढवा । गढवा गाउँपालिकाको आयोजनामा बालविवाह, बालश्रम, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध तथा लागूपदार्थ दुर्ब्यशन बिरुद्धको सचेतना मूलक कार्यक्रम बुधबार गढवा ३ को सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियामा सम्पन्न भएको छ।

सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडियाका प्रधानाध्यापक सुर्य प्रकाश बर्माको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको छ ।

सचेतना मूलक कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले वर्तमान समयमा युवा पुस्ता लागु औषध र लागु औषध दुर्व्यसनको लतमा फाँसेको भन्दै सावधानी अपनाउंन आवश्यक रहेको र सचेतना मूलक कार्यक्रम बृहत रुपमा सञ्चालन गर्न पालिका लागि परेको बताउनुभयो ।

समाजमा भैरहेकोले बालविवाह, बालश्रम, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध तथा लागूपदार्थ दुर्ब्यशन रोक्न गढवा गाउँपालिकाले यस किसिमको कार्यक्रमको आयोजना गर्दै आएको अध्यक्ष पोख्रेलले बताउनुभयो ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले समाजमा चेलीबेटी बेचबिखनको घटना दिनप्रतिदिन बढी रहेकोले सजग र सतर्क रही अञ्जान व्यक्तिको सम्पर्क नआउन र विश्वास गर्न नहुने बताउदै मोबाइलको सही प्रयोग गर्नु पर्ने बताउनु भयो । आफु सक्षम नहुंदा सम्म बिबाह गर्न नहुने बताउदै बाल बिबाहले समाजमा नकरात्मक असर पार्ने र बैबाहिक जीबन सुमधुर नहुने, सामाजिक आर्थिक भौतिक हरेक किसिमका चुनौतीहरु संग झेल्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बालविवाह, बालश्रम, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध तथा लागूपदार्थ दुर्ब्यशन सम्बन्धि बिशेष कक्षा सञ्चालन गरिएको र कानूनी व्यवस्था बारे विध्यार्थीहरु लाई जानकारी गराएको थियो ।

त्यसैगरी जनता माध्यमिक विद्यालय कालाकाटेमा कार्यक्रम सम्पन्न भएको छ भने सरस्वती माध्यमिक बिद्यालय पछी जनता माध्यमिक विद्यालय गढवा र माध्यमिक विद्यालय चैनपुरमा कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले जानकारी दिनुभयो ।

सचेतना मूलक कार्यक्रमको प्रशिक्षकमा सामुदायिक प्रहरी सेवा केन्द्र दाङका अध्यक्ष आर के शितल र सन्तोष सुवेदी रहनु भएको थियो ।

गढवा गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य आशाराम चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation