राप्ती गाउँपालिकाको सुन्दरपुर खेलमैदानमा वडा स्तरीय फुटबल प्रतियोगिता शुरु

देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ काे आयोजनामा बिहीबार देखि वडा स्तरीय फुटबल प्रतियोगिता कार्यक्रम सुन्दरपुर खेलमैदानमा शुरु भएको छ ।

खेलकुद कार्यक्रमको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नु भएको हाे । वडाको आर्थिक वर्ष २०७९/०८० काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार  साे खेलकुद कार्यक्रमकाे आयाेजना गरिएको वडा अध्यक्ष बिर बहादुर चाैधरीले जानकारी दिनु भएको छ । साे खेलकुद प्रतियोगिता दुई दिन सम्म सञ्चालन हुने बताएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष विष्टले स्थानीय स्तरमा रहेका खेलाडीहरुलाई खेलकाे माध्यम बाट प्राेत्सान गरि राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले खेलकाे आयाेजना गरिएको बताउनु भयो । त्यस्तै उहाँले खेलाडीहरुकाे मुख्य पाटाे अनुशासन पनि भएको बताउँदै अनुशासित भएर खेल प्रदर्शन गर्न खेलाडीहरू लाई आग्रह गर्नु भएकाे छ । कार्यक्रम राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापति चाैधरीकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

साे अवसरमा पलिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, वडा सदस्यहरू विष्णु पाेख्रेल, समित्र चाैधरी, बालिका सुनार, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष विष्णु बहादुर घर्ती क्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका दाेर्ण बहादुर जीसी, बावुराम रावत, माैरीघाट बजार व्यवस्थापन समितिका अध्यक्ष बेगम बहादुर बस्नेत, ज्योती विकास बैंक माैरीघाट शाखाका प्रबन्धक प्रकाश जिसी, समाजसेवीहरु बुद्धिमान चाैधरी, लाेकु गिरी, राम बहादुर शर्मा, कृष्ण बहादुर सेन ठकुरी, जुद्व बहादुर कार्की लगायतकाे सहभागीता रहेको थियो ।

वडा सदस्य विष्णुप्रसाद पाेख्रेलकाे स्वागत मनतव्य बाट शुरु भएको कार्यक्रमको संचालन राेशन चाैधरीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation