बिहिबार, चैत्र ५, २०८२

राप्ती गाउँपालिका द्वारा समाचारको खण्डन, विधि–प्रक्रियामा रहेर शिक्षक छनौंट गर्न थालेको स्पष्टीकरण

दाङ । राप्ती गाउँपालिकाले शिक्षक छनोट बिषयलाई लिएर विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित भएका समाचारहरुको खण्डन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षक छनोटमा कुनै भागबन्डा नगरिएको, स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकारलाई कार्यान्वयन गर्दै बिशेष प्राथमिकताका साथ बालविकास देखि कक्षा १० सम्म निःशुल्क शिक्षा कार्यान्वयनको चरणमा रहेको उल्लेख गरिएको छ ।

अनुदान करार शिक्षक छनोटको बिषयमा अनर्गल र तथ्यहिन समाचार प्रकाशित गरेर भ्रमित पार्न खोजिएको उल्लेख छ । शिक्षक छनोट प्रचलित कानुन, कार्यविधि र मापदण्डमा आधारित भएर गर्न थालिएको विज्ञप्तिमा उल्लेख छ । ‘यो गाउँपालिका निर्धारित योग्यता प्रणाली र निश्पक्षताको सदैव आत्मसाथ गर्दछ”विज्ञप्तिमा भनिएको छ– ‘यस्तो तथ्यहिन, भ्रामक र कपोकल्पित समाचारको गाउँपालिका पूर्णखारेज गर्दछ ।”

राप्ती गाउँपालिकाले निःशुल्क शिक्षा कार्यान्वयनको लागि ५० जना अनुदान करारमा शिक्षक भर्ना गर्न परीक्षा सञ्चालन गरेको छ ।                                               

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation