बिहिबार, माघ २३, २०८२

अखिल (छैंठौ) द्धारा स्ववियु नव निर्वाचितलाई बधाई तथा सम्मान

लमही । राष्ट्रिय जनमोर्चा निकटको विद्यार्थी संगठन अखिल (छैंठौ)ले दाङका विभिन्न क्याम्पसको स्ववियु चुनावमा निर्वाचित हुनेहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।

अखिल (छैंठौ) दाङका अध्यक्ष सरिता पुन मगरको अध्यक्षता तथा विद्यार्थी संगठनकै केन्द्रिय अध्यक्ष देबेन्द्र कवरको प्रमुख आतिथ्यतामा शनिबार लमहीमा बधाई तथा सम्मान कार्यक्रम गरिएको थियो ।

त्यसैक्रममा राप्ती शिक्षा क्याम्पस घोराहीका स्ववियु सदस्य सुनिता आचार्य, जनता बहुमुखी क्याम्पस गढवाका स्ववियु सदस्यहरु मनिषा उपाध्याय र पुष्पा धिताल, ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाका स्ववियु सचिब अशोक खनाल, सदस्यहरु सिद्धार्थ सुवेदी र केशरी शर्मा, देउखुरी बहुमुखी क्याम्पस लमहीका स्ववियु सदस्यहरु निर्मला खनाल र बिना पोख्रेल, स्पान कलेज घोराहीमा स्ववियु सदस्य खगेन्द्रा विष्ट लगायतलाई बधाई तथा सम्मान गरिएको थियो ।

सो अवसरमा राजमोका केन्द्रीय सदस्य एवं दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल (छैंठौ) केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश उपाध्यक्ष्य खगेन्द्र विष्ट, केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश उपाध्यक्ष रिसव आचार्य, रुपन्देही उपाध्यक्ष कुलचन्द्र शर्मा, अखिल नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश सल्लाहकार डिलाराम पाैडेल, अखिल नेपाल कानुन व्यवसायी संघ केन्द्रिय सदस्य कृष्णप्रसाद आचार्य र अखिल नेपाल शिक्षक संघका पुर्व केन्द्रिय सदस्य कपिलदेव खनाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सहिदहरु प्रति एक मिनेट मौनधारण गरी शुरु भएको कार्यक्रममा स्वागत् मन्तब्य अखिल छैंठौ दाङ जिल्ला उपाध्यक्ष तिर्शन केसी र सञ्चालन सचिव दिनेश रैदासले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation