सोमवार, कार्तिक १८, २०८२

शिक्षा क्षेत्रमा राप्तीलाई देशकै नमुना पालिका बनाउने छौः अध्यक्ष बिष्ट

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले राप्ती गाउँपालिकालाई शिक्षा क्षेत्रमा देशकै नमुना पालिका बनाउने बताएका छन् ।

माओवादी केन्द्र निकट शिक्षक संगठनको प्रदेश स्तरीय भेलालाई शनिबार मसुरियामा सम्बोधन गर्दै उक्त दाबि गरेका हुन् ।

संविधानमा उल्लेख भएको निःशुल्क शिक्षा प्रदान गर्न पालिकाले सुरु गरेको बताउदै बिष्टले सबै बिद्यालयलाई नमुना बनाउन पनि शिक्षकहरुलाई आग्रह गरेका छन् ।         

१२ पास गर्ने विद्यार्थीले केहि सीप सिकेर जाने वातावरण पालिकामा लागु गर्न लागेको बताउदै बिष्टले महाबिर पुनको आविष्कार केन्द्र सँग कुरा भैरहेको र आविष्कार केन्द्रले राप्ती गाउँपालिकालाई सहयोग गर्न सकारात्मक रहेको पनि बताए ।

शिक्षकहरुले विद्यार्थीलाई पाठ्यपुस्तक सहित बाहिरी कुरा पनि सिकाउन आग्रह गर्दै अध्यक्ष बिष्टले बिद्यार्थीलाई संस्कार , नैतिकता , सामाजिक उत्तरदाइत्व लगायतका कुरा सिकाउन पनि सुझाव दिएका छन् ।

विद्यार्थीलाई सीप सिकाएर उत्पादनमुलक बनाउन आग्रह गर्दै अध्यक्ष बिष्टले विश्व क्षेत्रमा हाम्रा विद्यार्थीलाई उदाहरणीय बनाउन र देशमा दक्ष जनशक्ति उत्पादन गर्न पनि आग्रह गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation