मङ्लबार, कार्तिक १९, २०८२

जनताको सेवा नै धर्म हो : स्वास्थ्य जनसंख्या मन्त्री थारु

मसुरिया । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले जनताको सेवा नै धर्म रहेको बताएका छन ।

सोमबार राप्ती गाउँपालिका स्वास्थ्य शाखा द्वारा आयोजित आर्थिक वर्ष २०७८/७९ को स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थारुले स्वास्थ्य कर्मी तथा महिला स्वायमसेविका लाई जनताको सेवालाई प्रथामिकता राख्न अनुरोध गर्दै जनताको सेवा गर्नुहोस् कुनै पुजा अर्चना गर्नु पर्दैन भन्दै जनताको सेवा गर्न अनुरोध गरे ।                                                                                 

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व सामाजिक बिकास मन्त्री सुदर्शन बरालले मानिसलाई स्वास्थ्य बनाउन कसरी सकिन्छ भन्ने बारे स्थानीय तहले कार्यक्रम चलाउन आग्रह गरेका थिए । बरालले राप्तीले स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्दै गएको आफुले जानकारी पाएको बताउदै अझ जनतामुखी कार्यक्रम बनाइ स्वास्थ्य क्षेत्रमा नमुना पालिका बनाउन शुभकामना दिएका थिए ।                                                                       

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले आ व २०७८/७९ मा भएका र गरेका कार्यक्रमको विवरण प्रस्तुत गरेका थिए ।

यस्तै उक्त कार्यक्रममा उत्कृष्ट सेवा गरेका स्वास्थ्य संस्था लाई सम्मान पनि गरिएको थियो । कोभिडको समयमा र २०७८/७९ मा खोप अभियानमा विशेष सहयोग गरेका समाजसेवी तथा रेडक्रस राप्तीका प्रतिनिधि उत्तम अधिकारी लाई सम्मान गरिएको थियो ।

यस्तै सम्पुर्ण आधारभूत तथा सामुदायिक स्वास्थ्य इकाइहरु मध्य उत्कृष्ट सेवा पुर्याएको भन्दै देबिकोट सामुदायिक स्वास्थ्य इकाई, स्वास्थ्य चौकीहरुमा उत्कृष्ट सेवा प्रवाह गरेको भन्दै सिसहनिया स्वास्थ्य चौकीलाई पनि सम्मान गरिएको थियो ।

पहिलो सत्रको कार्यक्रमको संचालन सुचना अधिकारी बिश्वास बिकले गरेका थिए भने दोस्रो सत्रको संचालन स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation