बिहिबार, माघ २३, २०८२

राप्ती गाउँपालिका क्षेत्रभित्र प्लास्टिकजन्य पदार्थ जलाए कार्वाही, वडामा बुझाए खरिद गरिने

देउखुरी । राप्ती गाउँपालिकाले पालिका क्षेत्रभित्र प्लास्टिक तथा प्लास्टिकजन्य पदार्थ जलाउन निषेध गर्ने निर्णय गरेको छ । पालिकाले मंगलबार एक सुचना जारी गर्दै पालिका क्षेत्रभित्र प्लास्टिक तथा प्लास्टिकजन्य पदार्थ नजलाउन अनुरोध गरेको छ ।

राप्ती गाउँपालिकाको चैत्र २२ गते बसेको कार्यपालिका बैठकले प्लास्टिक तथा प्लास्टिकजन्य पदार्थ जलाउन निषेध गर्ने निर्णय गरेको पालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् । सुर्ति तथा मदिराजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा र पालिका क्षेत्रभित्र प्लास्टिक तथा प्लास्टिकजन्य पदार्थको ज्वलनका कारण पर्यावरणीय सन्तुलनमा नकारात्मक असर पार्ने भन्दै पालिकाले निषेध गरेको हो ।

पालिका द्धारा जारी सुचनामा भनिएको छ नेपालको संविधानको धारा ३० मा व्यवस्था भए बमोजिम स्वच्छ वातावरणको हकले प्रत्याभुत गरेको मौलिक हक कार्यान्वयनलाई मध्यनजर राख्दै कार्यपालिकाको बैठकबाट निर्णय गरिएको छ ।

प्लास्टिकजन्य पदार्थ जम्मा गरी वडा कार्यालयमा बुझाएमा पालिकाले खरिद समेत गर्ने छ । ‘गाउँपालिका क्षेत्रभित्र मानव स्वास्थ्य तथा वातावरणमा प्रतिकुल असर पर्ने हुँदा प्लास्टिक तथा प्लास्टिकजन्य पदार्थ जलाउन निषेध गर्ने निर्णय भएको छ’, पालिका अध्ययक्ष विष्टले भने ‘प्लास्टिक तथा प्लास्टिकजन्य पदार्थ (सुर्तिजन्य पदार्थको खोल, पानीको बोतल, चाउचाउ, विस्कुटको खोल आदि) जम्मा गरी वडा कार्यालयमा बुझाउनेलाई प्रति केजी ५ का दरले खरिद गरिने छ ।’

यदि कसैले अटेरी गरेको पाइएमा प्रचलित कानुन बमोजिम कार्वाही समेत गरिने पालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation