बिहिबार, माघ २३, २०८२

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी उमेशराज जोशी जिल्ला प्रहरी दाङको निरिक्षणमा

दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेश राज जोशी बिहीबार जिल्ला प्रहरी कार्यालय दाङको कार्यालय भवन अपराध अनुसन्धान शाखा, कार्य तथा बिशेष शाखा, महिला बालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, प्रशासन शाखा, आर्थिक प्रशासन शाखा, उजुरी छानविन शाखाको निरीक्षण गर्नुका साथै नागरिकहरुलाई प्रवाह गरिने सेवा सुविधाको वारेमा समेत जानकारी लिनु भई थुनुवा कक्ष समेतको निरीक्षण गर्नु भएको थियो ।

उक्त अवसरमा प्रदेश प्रहरी प्रमूख डिआईजीले प्रहरी कर्मचारीहरुलाई आफ्नो आचारण, व्यवहार सुधार गरी कर्तव्यनिष्ट, ईमान्दार र व्यावसायिक भई कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रमुख एसपी वीर बहादुर ओलीले निरीक्षणका क्रममा भएका निर्देशन तथा सुझावहरू पालना गर्ने र मातहत प्रहरी कर्मचाहरूलाई समेत अक्षरस पालना गराउने प्रतिज्ञा गर्नुका साथै निरीक्षण भ्रमणको लागि धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो ।

औपचारीक कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले गर्नु भएको थियो ।

सो कार्यक्रममा जिल्ला स्थित सम्पुर्ण प्रहरी ईकाइका प्रमुखहरूको उपस्थिति रहेको दाङ प्रहरी प्रमुख वलीले जानकारी दिनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation