बिहिबार, माघ २३, २०८२

दाङको राप्तीमा महिलाहरूको लागि एक महिने ढकिया बुनाई तालिम शुरु

देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ काे पिपरीमा शुक्रबारदेखि गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत महिलाहरुका लागि एक महिने ढकिया बुनाई तालिम शुरु भएको छ ।

“स्थानीय श्राेत र साधनको सदुपयोग गराैं,सीप सिकाैं आम्दानी वृद्धि गराैं” भन्ने मूल नाराका साथ पालिकाकाे आर्थिक सहयोग तथा समृद्ध नेपाल दाङको आयोजनामा तालिम शुरु भएको हाे ।

तालिमकाे उद्घाटन गर्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले राप्तीका महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने अभियानमा गाउँपालिका लागेको बताउनुभएको छ ।

उहाँले सिप बिना आर्थिक आम्दानि गर्न नसकिने भएकोले सिपनै आम्दानीको मुख्य हतियार भएको बताउनुभयो ।

अध्यक्ष विष्टले महिलाहरु पनि आफ्नो खुट्टामा उभिनको लागि आफ्नो जग बलियो बनाउनु पर्छ भन्ने भावनाका साथ तालिमलाई राम्रोसँग सिक्न अनुरोध गर्नुभयो ।

राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य दयाराम चाैधरीको अध्यक्षता एवं राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, समृद्ध नेपाल दाङका अध्यक्ष भिम बहादुर बस्नेत, माेहन ओली लगाएतकाको सहभागिता रहेको थियो ।

वडा नम्वर ८ का २० जना महिलाहरुको सहभागिता रहकाे तालिमको प्रशिक्षकमा श्री चाैधरी रहनु भएको छ ।

गाउँपालिकाले पालिकाका महिलाहरुलाई सिप सिकायर आत्मनिर्भर बनाउनका लागि सिप सिकाउने कामलाई जारी राखेको छ ।

यसअघि गाउँपालिकाले विभिन्न वडाहरुमा विभिन्न प्रकारका सीप मुलुक तालिम सम्पन्न गरीसकेको छ ।

तालिम उद्घाटन शत्रको सहजिकरण गाउँपालिकाकी लघु उद्यम विकास सहजकर्ता बिनिता चाैधरीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation