बिहिबार, माघ २३, २०८२

राष्ट्रिय जनमोर्चा दाङको अध्यक्षमा : आचार्य

दाङ । राष्ट्रिय जनमोर्चा, दाङको पाचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले गणेश आचार्यको अध्यक्षतामा २५ पूर्ण र ४ वैकल्पिक र ७ सल्लाहकार सहितको जिल्ला समिति चयन गरेको छ ।

उपाध्यक्षमा महेश रिजाल, सचिव बसन्तराज पाैडेल शर्मा, सहसचिव कृष्णा राना र कोषध्यक्ष्यमा हरी खरेल चयन हुनुभएको छ । ७ सदस्यीय सचिवालयमा पदाधिकारी सहित शुक्रराज भण्डारी र केशवराज खनाल चयन हुनुभएको छ ।

पूर्ण सदस्यहरुमा हुमादेवी मास्के, ठाकुर आचार्य, दिनमणि आचार्य, चन्द्रवहादुर नेपाली, नवराज शर्मा, शुशिल पोख्रेल, कपिलदेव खनाल, देव वहादुर विक टुकमान कवर, ईश्वरी भण्डारी, दुर्गा भण्डारी, सिता पाैडेल, वीरबहादुर चौधरी, हरी थापा, ठाकुर भण्डारी, कुलचन्द्र पोख्रेल राम प्रसाद पोख्रेल र चन्द्र वहादुर रावत चयन हुनुभएको छ ।

वैकल्पिक सदस्यहरुमा राम फकिरे रैदास, चम्फा भुषाल, विस्ना पाैडेल र सर्मिला चौधरी चयन हुनु भएको छ ।

यस्तै, सम्मेलनले नर वहादुर केसी, श्यामलाल पोख्रेल, खडानन्द खनाल, दोर्ण घर्ति, ङनुकान्त आचार्य, पदम गोराथोकी र दुर्गा खनाललाई सल्लाहकार चयन गरेको छ ।

सम्मेलनले संगठनको सागठानिक प्रतिवेदन, विशेष प्रस्ताव र आर्थिक प्रतिवेदन पारित गरेको छ ।

‘गणतन्त्र, धर्मनिपेक्षता तथा राष्ट्रियताको रक्षा र संघीयताको खारेज गरौ ! महङ्गी, भ्रष्टचार तथा सवै खाले बेथितिको विरुद्ध पाचौँ जिल्ला सम्मेलन सफल पारौ!!’भन्ने मूल नाराका साथ आयोजना गरिएको जिल्ला सम्मेलनको उद्घाटन राजमो महासचिव मनोज भट्टले गर्नुभएको थियो ।

घोराहीस्थित शिरडी साई सभाहलमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको सम्मेलनले नयाँ नेतृत्व चयन गरी सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation