बिहिबार, माघ २३, २०८२

आगलागी पितिडलाई राजमोद्वारा राहत वितरण

देउखुरी, २ असार । राष्ट्रिय जनमोर्चाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । राजपुर गाउँपालिका ५ महातेनी खोलाका आगलागी पीडित टेकबहादुर बुढालाई राहत वितरण गरिएको हो ।

शनिबार राजमो दाङ जिल्ला सचिव वसन्तराज पाैडेलको नेतृत्वमा पीडितको घरमै पुगेर राहत वितरण गरेका हुन् ।

पीडित टेकबहादुर बुढाको घरमा आगलागी हुँदा घर खरको छानो काठ जलेर नष्ट भएको थियो । राजमो दाङका सचिव पौडेलका अनुसार बुढाको परिवारलाई गाउँपालिकाले खाद्यान्न लत्ताकपडा लगायतका सामग्री वितरण गरेको हो ।

आगलागी पीडित बुढाको परिवार आजभोलि गोठमा बस्दै आएका छन् । पीडित बुढाको दुई तले घर जलेर नष्ट भएको थियो । आगलागीबाट आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । नगद तथा जिन्सी सामान लगायत गहना, अन्नपात तथा लुगाफाटो सहित पुरै जलेको छ ।

राजमो लमही नगरले पीडितलाई नगद सात हजार, चामल दुई बोरा, दाल चार केजी, चिनी र एक जोड सुट कपडा वितरण गरेकाे छ । राजमो स्थानिय राजपुरका नेता जसबहादुर घर्तिले एक बोरा चामल, जुना घर्तीले ब्लाङ्केट र अनिल घर्ति एक बोरा चामल र दाल सहयाेग गर्नु भएको थियो भने होटल पौवा भालुबाङले पनि एक बोरा चामल सहयाेग गरेकाे छ ।

राजमो दाङ्ग जिल्ला सचिव वसन्तराज पौडेलको नेतृत्वमा गएको टोलीमा राजमो लमही नगर अध्यक्ष तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का जिल्ला अध्यक्ष हरिबहादुर थापा, अखिल नेपाल शिक्षक संघ दाङका अध्यक्ष रुमाल प्रसाद बस्याल, राजमो जिल्ला सदस्य ठाकुर भण्डारी राजमो नेता झबिन्द्र प्रसाद आचार्य र विष्णु भुषाल र अखिल (छैठो) दाङ जिल्ला सचिव देनेश रैदास रहनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation