सोमवार, कार्तिक २५, २०८२

दाङ प्रहरी कर्मचारीलाई नेपाल पत्रकार महासंघ दाङको मिडिया साक्षरता कार्यक्रम

दाङ, १० असार । जिल्ला प्रहरी कार्यालय दाङको सभाहलमा नेपाल पत्रकार महासंघ दाङको आयोजना एवं जिल्ला प्रहरी कार्यालय दाङको सहकार्यमा साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वली लगाएतका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेकोे थियो ।

कार्यक्रममा बिभिन्न मिडियामा आवद्ध पत्रकारहरुको आतिथ्यतामा कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुको सहभागितामा मिडिया साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागिहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष पोख्रेलले मिडिया साक्षरता सम्बन्धमा प्रशिक्षण तथा अन्य अतिथीहरुलाई मिडियाको आचारसंहिता, मिडियाको दायित्व लगायत विषयमा जानकारी दिनुको साथै दाङ प्रहरी प्रमुख एसपी वलीले आयोजक पत्रकार टिमलाई धन्यवाद ज्ञापन गर्नु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation